ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियत ऋण नपाउँदा युवा उद्यमी निराश


admin
फाल्गुन २२, २०७५ बुधबार  २ : ०२ बजे


राँझा, २२ फागुन । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । 

जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा पुगेको छ । 

स्वदेशमै बिनाब्याज र बिनाधितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले प्रत्येक युवा समूहलाई रु पाँच लाखका दरले बिनाब्याज ऋण लगानी गर्न समितिले बाँकेमा आर्थिक वर्ष ०७३-७४ मा पाँच समूह र ०७४÷७५ मा तीन समूह गरी आठ समूहको व्यवसाय योजना स्वीकृत गरेको थियो । 

आठ समूहमध्ये तीन समूहमा मात्र ऋण लगानी भएको छ । त्यसमा पनि दुईवटामा ५० प्रतिशतमात्रै लगानी भएको छ भने पाँच समूहमा हालसम्म लगानी नहुँदा युवा समूहले सञ्चालन गरेको उद्यम अलपत्र अवस्थामा छ । चालू आवदेखि जिल्ला युवा समिति निष्क्रिय भएपछि युवा थप अन्योलमा परेका छन् । 

समितिका अध्यक्ष कमल बस्नेतका अनुसार, आर्थिक वर्ष ०७३-७४ मा व्यवसाय योजना स्वीकृत भएका पाँच समूहमध्ये टिटिहिरिया बाख्रापालन समूह बैजनाथ गाउँपालिका–८ लाई रु पाँच लाख, शिवराजपुर तरकारी समूह डुडुवा गाउँपालिका ५, रु दुई लाख ५० हजार र प्रगतिशिल पशुपालन समूह नेपालगञ्ज उपमहानगरपालिका–२० मा रु दुई लाख ५० हजार लगानी भएको छ । 

आर्थिक वर्ष ०७४-७५ मा व्यवसाय स्वीकृत भएका तीनवटै युवा समूहमा हालसम्म लगानी हुनसकेको छैन । टिटिहिरिया बाख्रापालन समूहले जसोतसो बाख्रापालन गरेको छ भने ५० प्रतिशत ऋण प्राप्त गरेका दुई समूहको अवस्था निराशाजनक छ । 

“गाउँमै साथी मिलेर काम गर्ने सोचका साथ लगानी गरेका हौँैं, तर पाउने भनेको ऋण पनि पूरै पाउन नसक्दा पशुपालन अलपत्र अवस्थामा छ”, प्रगतिशिल पशुपालन समूहका सञ्चालक सुरज शाहले भन्नुभयो, “रु पाँच लाख पाउने कुरा हो, साढे दुई लाख मात्र आयो त्यसमा पनि रु एक लाख सहकारीलेनै राखेकाले डेढलाखले के पशुपालन गर्ने अलपत्र छ ।” 

टिटिहिरिया बाख्रापालन समूहका सञ्चालक सुदिप सेढाईंले समूहमा ऋण ल्याउन ठूलो समस्या झेल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्रापालनमा हामी थप लगानी गर्न चाहन्छौँ, तर कसैले ऋण पत्याउँदैन, २० वटा बाख्रापालेर के फाइदा हुन्छ र ?” 

जिल्ला युवा समितिले बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घमार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ । बाँकेमा बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घले नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थामार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ । 

व्यवसाय सञ्चालनको लागि पञ्चवर्षीय कार्ययोजना र न्यून्तम पूर्वाधार पूरा गर्न नसकेका कारण युवा समूहलाई सहकारी संस्थाले ऋण लगानी गर्न नसकेको पाइएको बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घको नेपालगञ्जस्थित फिल्ड कार्यालयका प्रमुख यम डाँगीले बताउनुभयो ।

युवा समितिको कार्यालय निष्क्रिय भएपछि अहिले राष्ट्रिय युवा परिषद्ले कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न शुरु गरेको परिषद्का उपसचिव कर्णबहादुर भुवाजीले बताउनुभयो । उहाँले लगानी हुन नसक्नुको समस्या पहिचान गरी लगानीको वातावरण बनाउने जानकारी दिनुभयो । 

तीस लाख लगानी हुनसकेन 

बाँकेका युवा उद्यमी समूहले पाउनुपर्ने रु ३० लाख लगानी हुन नसकेर बचत तथा ऋण सकारी केन्द्रीय सङ्घको खातामा थन्किएको छ । आर्थिक वर्ष ०७३÷७४ को लागि पाँचवटा समूहको व्यवसाय योजना स्वीकृत भई नमस्ते बचत तथा ऋण सहकारी संस्थामा आएको रु. २५ लाखमध्ये रु. १० लाख मात्र लगानी भई रु. १५ लाख केन्द्रीय सङ्घमा फिर्ता भएको थियो भने आर्थिक वर्ष ०७४÷७५ मा तीन समूको लागि स्वीकृत भएको रु. १५ लाख गरी रु. ३० लाख लगानी हुन नसकेको बचत तथा ऋण सहकारीका फिल्ड कार्यालयका प्रमुख डाँगीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com