ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियत ऋण नपाउँदा युवा उद्यमी निराश


admin


राँझा, २२ फागुन । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । 

जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा पुगेको छ । 

स्वदेशमै बिनाब्याज र बिनाधितो ऋण पाएपछि सामूहिक रुपमा व्यवसायमा लागेर स्वरोजगार बन्न युवालाई प्रेरित गर्ने ध्येयले प्रत्येक युवा समूहलाई रु पाँच लाखका दरले बिनाब्याज ऋण लगानी गर्न समितिले बाँकेमा आर्थिक वर्ष ०७३-७४ मा पाँच समूह र ०७४÷७५ मा तीन समूह गरी आठ समूहको व्यवसाय योजना स्वीकृत गरेको थियो । 

आठ समूहमध्ये तीन समूहमा मात्र ऋण लगानी भएको छ । त्यसमा पनि दुईवटामा ५० प्रतिशतमात्रै लगानी भएको छ भने पाँच समूहमा हालसम्म लगानी नहुँदा युवा समूहले सञ्चालन गरेको उद्यम अलपत्र अवस्थामा छ । चालू आवदेखि जिल्ला युवा समिति निष्क्रिय भएपछि युवा थप अन्योलमा परेका छन् । 

समितिका अध्यक्ष कमल बस्नेतका अनुसार, आर्थिक वर्ष ०७३-७४ मा व्यवसाय योजना स्वीकृत भएका पाँच समूहमध्ये टिटिहिरिया बाख्रापालन समूह बैजनाथ गाउँपालिका–८ लाई रु पाँच लाख, शिवराजपुर तरकारी समूह डुडुवा गाउँपालिका ५, रु दुई लाख ५० हजार र प्रगतिशिल पशुपालन समूह नेपालगञ्ज उपमहानगरपालिका–२० मा रु दुई लाख ५० हजार लगानी भएको छ । 

आर्थिक वर्ष ०७४-७५ मा व्यवसाय स्वीकृत भएका तीनवटै युवा समूहमा हालसम्म लगानी हुनसकेको छैन । टिटिहिरिया बाख्रापालन समूहले जसोतसो बाख्रापालन गरेको छ भने ५० प्रतिशत ऋण प्राप्त गरेका दुई समूहको अवस्था निराशाजनक छ । 

“गाउँमै साथी मिलेर काम गर्ने सोचका साथ लगानी गरेका हौँैं, तर पाउने भनेको ऋण पनि पूरै पाउन नसक्दा पशुपालन अलपत्र अवस्थामा छ”, प्रगतिशिल पशुपालन समूहका सञ्चालक सुरज शाहले भन्नुभयो, “रु पाँच लाख पाउने कुरा हो, साढे दुई लाख मात्र आयो त्यसमा पनि रु एक लाख सहकारीलेनै राखेकाले डेढलाखले के पशुपालन गर्ने अलपत्र छ ।” 

टिटिहिरिया बाख्रापालन समूहका सञ्चालक सुदिप सेढाईंले समूहमा ऋण ल्याउन ठूलो समस्या झेल्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाख्रापालनमा हामी थप लगानी गर्न चाहन्छौँ, तर कसैले ऋण पत्याउँदैन, २० वटा बाख्रापालेर के फाइदा हुन्छ र ?” 

जिल्ला युवा समितिले बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घमार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ । बाँकेमा बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घले नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थामार्फत युवा समूहमा ऋण लगानी गर्दै आएको छ । 

व्यवसाय सञ्चालनको लागि पञ्चवर्षीय कार्ययोजना र न्यून्तम पूर्वाधार पूरा गर्न नसकेका कारण युवा समूहलाई सहकारी संस्थाले ऋण लगानी गर्न नसकेको पाइएको बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घको नेपालगञ्जस्थित फिल्ड कार्यालयका प्रमुख यम डाँगीले बताउनुभयो ।

युवा समितिको कार्यालय निष्क्रिय भएपछि अहिले राष्ट्रिय युवा परिषद्ले कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्न शुरु गरेको परिषद्का उपसचिव कर्णबहादुर भुवाजीले बताउनुभयो । उहाँले लगानी हुन नसक्नुको समस्या पहिचान गरी लगानीको वातावरण बनाउने जानकारी दिनुभयो । 

तीस लाख लगानी हुनसकेन 

बाँकेका युवा उद्यमी समूहले पाउनुपर्ने रु ३० लाख लगानी हुन नसकेर बचत तथा ऋण सकारी केन्द्रीय सङ्घको खातामा थन्किएको छ । आर्थिक वर्ष ०७३÷७४ को लागि पाँचवटा समूहको व्यवसाय योजना स्वीकृत भई नमस्ते बचत तथा ऋण सहकारी संस्थामा आएको रु. २५ लाखमध्ये रु. १० लाख मात्र लगानी भई रु. १५ लाख केन्द्रीय सङ्घमा फिर्ता भएको थियो भने आर्थिक वर्ष ०७४÷७५ मा तीन समूको लागि स्वीकृत भएको रु. १५ लाख गरी रु. ३० लाख लगानी हुन नसकेको बचत तथा ऋण सहकारीका फिल्ड कार्यालयका प्रमुख डाँगीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com