ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य जानकारी एपमा आउँदै


एबीसी न्यूज

काठमाडौँ, २० फागुन । तपाइँलाई सञ्चो भएन ? आफन्तलाई स्वास्थ्य सस्थामा लैजानु प¥यो अथवा दुर्घटना परेकालाई तत्काल नजिकको स्वास्थ्य सेवाको पहुँचमा पु¥याउनु प¥यो ? 

कुन अस्पताल जाने लैजाने, कुन चिकित्सकलाई देखाउने कस्तो सेवा लिने ? कुन कुन सेवा कुन कुन अस्पतालबाट पाइन्छ भन्नेमा अन्योल हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । 

आफ्नो मोबाइलमा यससम्बन्धी विस्तृत जानकारी समेटिएको एपबाट छिट्टै ती लगायत स्वास्थ्य सेवासित सम्बन्धित अन्य महत्वपूर्ण सूचना एवं जानकारी प्राप्त गर्नका लागि गृहकार्य अघि बढाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवाबारे जानकारी दिने ध्येयले पहिलोपटक यससम्बन्धी एप निर्माण गर्न लागेको हो । यसका लागि स्वास्थ्य सचिवको संयोजकत्वमा अध्ययन कार्यदलसमेत गठन गरिएको छ । 

“कुन अस्पतालमा के कस्तो सेवा उपलब्ध छ ? कुन अस्पतालमा कति चिकित्सक कार्यरत छन् ? उनीहरूको विशिष्टिकृत सेवा कुन हो ? सेवा कसरी र कहाँ प्राप्त गर्ने ? तत्काल एम्बुलेन्स तथा रगत कसरी पाइन्छलगायत सेवा मोबाइलमा एपमा रहन्छ ।”, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राससलाई भन्नुभयो । 

सरकारी अस्पतालले नागरिक बडापत्रमार्फत् आफ्नो सेवाबारे सेवाग्राहीलाई जानकारी दिँदै आएको छ । सबै स्वास्थ्य संस्थाका सूचना, जानकारी तथा तथ्याङ्कलाई एकीकृत गरी एप निर्माण गर्ने मन्त्रालयको तयारी छ । 

निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाका सूचना तथा तथ्याङ्कलाई भने मन्त्रालयले हालसम्म अद्यावधिक गर्न सकेको छैन । निजी क्षेत्रका अस्पतालले मन्त्रालयलाई खासै जानकारी पनि गराउँदैनन् । मन्त्रालय मातहतका स्वास्थ्य संस्थाले समेत मन्त्रालयलाई समयमै विवरण उपलब्ध गराउने गरेका छैनन् । 

अस्पताल वर्गीकरण 

स्वास्थ्य मन्त्रायलले मातहतका अस्पताललाई प्राथमिक, प्राथमिक ए, प्राथमिक बि र ट्रसरी गरी चार तहमा वर्गीकरण गरी ती अस्पतालबाट उपलब्ध हुने सेवाबारे प्रष्ट पार्नाका साथै आफ्नो अधिकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरणसमेत गरिसकेको छ । 

सङ्घीयता कार्यान्वयनमा अग्रणी रहेको मन्त्रालयले कति श्ययाको अस्पताल कुन तहमा रहने र ती अस्पतालले कुन–कुन सेवा उपलब्ध गराउनुपर्ने भन्ने निर्देशिका जारी गरी स्पष्ट पारेको हो । मन्त्रालयका अनुसार स्थानीय तहमा कम्तीमा १५ देखि ५० श्ययासम्मको कम्तीमा एक प्राथमिक अस्पताल रहन्छ् । यी अस्पतालमा जनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, बाल तथा दन्त सेवा, २४सँै घण्टा आकस्मिक सेवासहित प्रयोगशाला, एक्सरे, इसिजी सुविधा हुने व्यवस्था गरिएको छ । यस्ता अस्पताल १०० श्ययासम्म हुने गर्न निर्देशिकामा उल्लेख छ । 

खोप, पोषण कार्यक्रम, क्षयरोग उपचार तथा औषधि, सुरक्षित गर्भपतन सेवा, एचआइभीका एआरटी, एएनसी पिएनसी र परिवारनियोजन सबै सेवाका साथमा ७० प्रकारका औषधि निःशुल्क रुपमा ती अस्पतालमा रहने छन् । 

त्यस्ता अस्पतालमा नवौँ र आठाँै तहका विशेषज्ञ चिकित्सकसहित अन्य आवश्यक स्वास्थ्यकर्मी रहनेछन् । प्रदेश सरकारमा मातहतमा रहने प्राथमिक ए तहका अस्पताल १०१ देखि २०० सम्मका श्यया हुने र ३०० सम्म विस्तार गर्न सकिने निर्देशिकामा उल्लेख छ । 

प्राथमिक अस्पतलामा रहेका सबै सेवाका अतिरिक्त अर्थोपेडिक, नाक, कान, घाँटी, रेडियोलोजी, मानसिक र एनेस्थेसिया सेवासहित आइसियु पिआसियु, एनआइसियु र हेमोडाइलोसिस सेवा उपलब्ध हुनेछ । एक्सरे, युएसजी, इसिजी, सिटी स्क्यान, इन्डोस्कोपी, इकोकार्डियोग्राम र फिजियोथेरापी सेवा पनि रहने मन्त्रालयले जनाएको छ । 

यसैगरी प्रदेशअन्तर्गत नै रहने प्राथमिक बी तहका अस्पतालमा ५० श्ययादेखि १०० श्ययासम्म हुने र १५० श्ययासम्म विस्तार गर्न सकिने निर्देशिकामा उल्लेख छ । जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, बालरोग तथा दन्तसेवा, अर्थोपेडिकसहित २४सैँ घण्टा आकस्मिक सेवा एक्सरे, इसिजी, फिजियोथेरापी र फार्मेसीलगायत रहन्छन् । 

यसैगरी सङ्घअन्तर्गत सञ्चालन हुने अस्पतालाई अति विशिष्टीकृत अस्पताल (ट्रसरी अस्पताल) रुपान्तरण मन्त्रालयले गर्दैछ । आधुनिक चिकित्सा विधाका सबै सेवा कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, ग्यास्ट्रोलोजी र वर्न÷प्लास्टिक गरी सात विशिष्ट सेवासहित ३०१ देखि ७०० श्ययासम्म रहन्छन् । साथै एक हजार श्ययासम्मका यी अस्पताल हुनसक्ने भएका छन् । 

सात विशिष्ट सेवाबाहेक इन्टरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति सेवा, डेन्टल, बालरोग, अर्थोपेडिक, नाक, कान र घाँटी, मानसिक, चर्म, रेडियोलोजी र एनेस्थेसिया सेवा, २४सैँ घण्टा आकस्मिक सेवा, आइसियु, पिआइसियु, एनआइसियु, सिसीयु, हेमोडाइलासिस र कार्डिक क्याथरलाइजेसन सुविधा हुन्छन् । 

मन्त्रालयले विराटनगरको कोशी अञ्चल अस्पताल, वीरगञ्जको नारायणी क्षेत्रीय अस्पताल, चितवनको चिवन अस्पताल, नेपालजञ्जको भेरी अञ्चल अस्पताल र डेडल्धुराको क्षेत्रीय अस्पताललाई विशिष्टकृत सेवासहितको अस्पतालमा रुपान्तरण गर्ने उपप्रधानमन्त्री यादवले जानकारी दिनुभयो । 

स्वस्थ नेपाल ः निरोगी नेपाली 

आधुनिक चिकित्सक सेवाका साथमा मन्त्रालयले आयुर्वेद र योगलाई प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो । “आयुर्वेद र योगसम्बन्धी सेवा सबै स्थानीय तहसम्म पु¥याउने आवश्यक नीतिगत तथा रकम विनियोजनमा समेत ध्यान दिएका छौँ । यसै अभियानबाट ‘स्वस्थ नेपाल ः निरोगी नेपाली’ बन्नेछन् ।”, उहाँले उपप्रधानमन्त्री यादवलले भन्नुभयो । 

स्वास्थ्य सेवामा २५ वर्ष अगाडिको दरबन्दीले गर्दा जनताको चाहनाअनुसार स्वास्थ्य सेवा पु¥याउन कठिन भइराखेको चर्चा गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा कम्तीमा दश प्रतिशत रकम विनियोजन हुनुपर्छ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com