ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालपोखरामा डुङ्गाबाट एकै दिनमा ८० हजार बराबरको आम्दानी


एबीसी न्यूज


काठमाडौँ, २० फागुन ।  पर्यटकीय क्षेत्र रामपुरको तालपोखरामा डुङ्गाबाट एकै दिनमा रु ८० हजार बराबरको आम्दानी भएको छ । महाशिवरात्रि पर्वका दिन सोमबार डुङ्गा सञ्चालनबाट सो आम्दानी भएको हो । 

सोमबार एक हजारभन्दा बढी टिकट बिक्री भएको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो । यही फागुन १६ देखि २० गतेसम्म चलेको विशेष मेलामा डुङ्गाबाट रु एक लाख ६० हजार आम्दानी भएको उहाँले बताउनुभयो । “डुङ्गाबाट नसोचेको आम्दानी भएको छ”,उहाँले भन्नुभयो । दानपेटिका र उद्यानबाट रु दुई लाख आम्दानी भएको छ । 

कास्कीको फेवातालको स्वरुपमा निर्माण गरिएको तालपोखरामा तीन याफ्टिङसहित ६ डुङ्गा सञ्चालन गरिएको थियो । तालको बीचमा जलेश्वर महादेवको मन्दिरमा पूजाआजा गर्ने र अवलोकन गर्नेको सङ्ख्या बढ्दै गएको छ । “डुङ्गामा एकै पटकमा १५ देखि २० जनासम्म राख्न सकिन्छ”, डुङ्गा चालक भगवान् देवकोटाले भन्नुभयो । 

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तालपोखरामा पहिलो पटक डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको स्थानीयवासी ओमप्रकाश रेग्मी बताउनुहुन्छ । सो प्रतियोगितामा ११ समूहले भाग लिएको थियो । किशोर देवकोटाको समूह दुई मिनेट २३ सेकेण्डमा तालपोखरामा डुङ्गा घुमाएर पहिलो भयो । हरि भण्डारीको समूह द्वितीय तथा अमृत भण्डारीको समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु दश हजार, रु पाँच हजार र रु दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो । 

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा प्रतियोगिताबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको बताउनुहुन्छ । “नगरपालिकाले प्राथमिकतामा राखेर प्रवद्र्धनमा सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो । 
नेपालकै उत्कृष्ट १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत तालपोखरामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो । 

वर्षायामको पानी जम्मा हुने सो पोखरीलाई स्थानीयवासीले तालको रुपमा विकास गरेका हुन् । करीब ६५ रोपनी क्षेत्रफलमा फैलिएको सो ताललाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन २०६६ सालमा संस्था गठन गरी निर्माण अगाडि बढाइएको हो । श्रीमद्भागवत् धनधान्यान्चल ज्ञान महायज्ञ सञ्चालन गरी यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको परिकल्पनाकार देवराज देवकोटा बताउनुहुन्छ । “अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ”, उहाँले भन्नुभयो । अहिले दैनिक करीब २०० जनाले डुङ्गा चढ्ने गरेका छन् । कुलो र नहरको पानीबाट तालपोखरामा डुङ्गा सञ्चालन गरिँदै आएको छ । नजिकै रहेको कालीगण्डकीबाट समेत लिफ्टिङ गरी तालमा पानी ल्याइएको छ । 

कृत्रिमतालले पर्यटकलाई लोभ्याउन सफल भएको छ । कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । तालपोखराको पूर्वाधार निर्माण गर्न हालसम्म रु एक करोड ९८ लाख ६८ हजार खर्च भएको र बाँकी पूर्वाधार निर्माणमा रु एक करोड बराबर खर्च हुने लेखा समिति संयोजक पुरुषोत्तम ढकालले बताउनुभयो । रामपुर नगरपालिकाले आव २०७३÷७४ मा रु एक लाख २५ हजार, आव २०७४÷७५ मा रु २८ लाख तथा चालू आव २०७५÷७६ मा रु २० लाख रकम विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com