ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयवासीलाई गाँजाखेती गराउँदै, भारतीय तस्कर


एबीसी न्यूज
फाल्गुन २१, २०७५ मंगलबार  ३ : ३१ बजे


काठमाडौँ, २० फागुन ।  जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई गाँजाखेती गर्न लगाउने गरेको पाइएको हो । 

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार भारतीय तस्करले गाँजा रोप्न, काटेर सुकाउन र बोकेर उनीहरुसम्म पु¥याउन छुट्टाछुट्टै व्यक्तिलाई पैसा दिने गरेका छन् । स्थानीयवासीलाई उद्धृत गर्दै बरालले भन्नुभयो,“गाउँगाउँमा कहिलेकाहीँ तस्कर– तस्करबीचमा गोली हानाहान हुने गरेको सुनेको छु ।” भारतीय तस्करहरुले क्षेत्र विभाजन गरेर स्थानीयवासीलाई परिचालन गर्ने गरेको बरालले बताउनुभयो । 

चेपाङ समुदायको बाहुल्य रहेको यहाँ ठूलो क्षेत्रफलमा गाँजा खेती हुने गरेको छ । बरालका अनुसार गाँजा खेतीबाट पैसा पाउने भएपछि सर्वसाधारणले स्थानीय सरकारको भन्दा तस्करका कुरा बढी सुन्ने गरेको पाइएको छ । उनीहरुलाई गाँजाखेती गर्न छुटाउनका लागि गरीबी निवारण मन्त्रालय र जिल्ला सहकारी सङ्घसँग नगरपालिकाले मिलेर तरकारी, बाख्रा, मौरी र कुखुरापालन गर्न सहयोग गरेको छ । सोही ठाउँमा तरकारी सङ्कलन केन्द्र समेत सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले समय समयमा प्रहरी पठाएर गाँजा नष्ट गर्ने गरेको बताउनुभयो । हालैमात्र प्रहरीले लोथरमा करीब १८ क्विन्टल गाँजा नष्ट गरेको उहाँले बताउनुभयो । 

गाँजाखेती गर्नेहरुले कुन्यू लगाएर राखेको अवस्थामा नष्ट गरिएको उहाँले बताउनुभयो । राठौरले चितवन, मकवानपुर र धादिङका पहाडी क्षेत्रमा भारतीय तस्करले स्थानीय परिचालन गरी गाँजाखेती गर्दै आएको बताउनुभयो । 

भारतीय तस्करले सोझासाझा चेपाङलाई परिचालन गर्ने गरेको राप्ती नगरपालिका–१३ का वडाध्यक्ष सूर्य चेपाङ्ले बताउनुभयो । सम्बन्धित बारी धनी चेपाङलाई गाँजा लगाउने, गोडमेल गर्ने र थन्क्याउनेसम्मको एकमुष्ट वा छुट्टाछुट्टै जिम्मा दिएर रकम दिने गरेको उहाँले बताउनुभयो । गाँजा तयार भएपछि चेपाङलाई नै भरिया बनाएर मनहरि, लोथर बजार झार्ने गरेको पाइएको छ । उक्त गाँजा कतिपय नेपाली बजार र केही भारतीय बजारमा पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com