ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कारागार जीर्ण हुँदा कैदीबन्दी पीडामा – प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य


एबीसी न्यूज
फाल्गुन २१, २०७५ मंगलबार  ३ : २५ बजे


काठमाडौँ, २० फागुन । जिल्ला कारागार डोटी जीर्ण भई चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् । 

डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो । “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उहाँले भन्नुभयो, “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छाँै, बजेट आएको छैन, आएपछि मर्मत हुन्छ ।” जेल प्रशासनले जीर्ण भएको डोटी कारागार टालटुल गरे पनि पानी चुहिने काम नरोकिँदा कैदीबन्दीलाई समस्या भएको हो । छानाबाट पानी चुहिने भएकाले प्लाष्टिक राखेर कैदीबन्दी सुत्न बाध्य भएका छन् । 

डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दी बताउँछन् । उनीहरु भन्छन्, “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।” पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दी बताउँछन् । 

आर्थिक अभावले कारागारको जीर्ण भवन मर्मतसम्भारको कार्य हुन नसकेको कारागार प्रमुख राजन केसीले बताउनुभयो । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उहाँले भन्नुभयो, “फर्समा पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।” मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको त्यहाँका कर्मचारी बताउँछन् । डोटी कारागारमा ४३ पुरुष र चार महिला गरी कूल ४७ कैदीबन्दी रहेका छन् । 

पच्चीस कैदीबन्दी राख्ने क्षमता भएको सो कारागारमा बढी कैदीबन्दी राखिँदा झन समस्या भएको बताइएको छ । कैदीबन्दी बढी हुँदा खानेपानी र शौचालयको प्रयोगमा समेत समस्या आएको छ । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । सहजरुपमा बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्छ ।” कारागारमा सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग छ । 

अव्यवस्थित बसपार्कले समस्या 

जिल्लाको दिपायलस्थित पिपल्लामा रहेको एकमात्र बसपार्क व्यवस्थित बन्न नसक्दा गाडी पार्किङमा समस्या देखिएको छ । 

विसं २०६० जेठ ९ गते भाडामा जमीन लिएर बसपार्क सञ्चालन गर्ने सम्झौता गरी दिपायल सिलगढी नगरपालिकाले निर्माण कार्य अगाडि बढाएको थियो । नगरपालिकाको रु १६ लाख र अन्य सङ्घ संस्थाको सहयोग तथा उपभोक्ता समूहको श्रमदानसमेत गरी कूल रु २४ लाखको लागतमा निर्माण सम्पन्न भएका उक्त बसपार्कमा रहेका संरचना तथा समग्र बसपार्कको सौन्दर्य लामो समयसम्म टिक्न सकेन । 

ग्राभेल तथा पिच नभएका कारण बसपार्क सामान्य पानी पर्दासमेत हिलाम्मे हुने गरेको छ । करीब १० कोठे भवन बराबरको शौचालयसमेत बसपार्कको छेउमा बनाइएको छ तर शौचालय प्रयोग गर्न त के शौचालय टाढैबाट अवलोकन गर्न लायक पनि छैन । फोहरै फोहरले भरिएको शौचालय र त्यहाँ जाने बाटो पनि त्यस्तै फोहर भएकाले शौचालय प्रयोगविहीन बनेको स्थानीयवासी भरत विकले बताउनुभयो । उहाँले भन्नुभयो, “बसपार्कमा सबै सेवा सुविधा बनाएको छ तर उपयोगविहीन छन्, बनाएको पनि केही काम लागेन ।” 

बसपार्क वरिपरिको ढल निकास कार्यसमेत व्यवस्थित छैन । ढल निकासका लागि बनाइएको नहर पनि फोहरको थुप्रोले भरिएको छ । बसर्पाक व्यवस्थित नहुँदा यातायात व्यवसायीलाई गाडी पार्किङ गर्न मात्र नभई त्यस क्षेत्रका अन्य व्यापारीलाई समेत निकै समस्या पर्ने गरेको नेकपाका नेता तथा स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो । बसपार्कमा खाल्डाखुल्डी परेर निकै अव्यवस्थित बनेको छ । 

बसपार्क अव्यवस्थित हुँदा वर्षाको मौसममा सामान्य पानी परेपछि सबै पानी आफूहरुको पसलमै आउने गरेको व्यापारीको गुनासो छ । गाडीचालक चक्र भण्डारीले भन्नुभयो, “बसपार्क सञ्चालकले दैनिक गाडी राखेको पैसा उठाउँछन् तर बसपार्क व्यवस्थित गर्दैनन् ।” “बसपार्क सञ्चालकले सडकमा गुड्ने गाडीबाट पनि शुल्क असुल्ने गरेको छ”, उहाँले भन्नुभयो, “बसपार्कमा बस्ने गाडीबाट शुल्क लिनु स्वभाविकै हो तर सडकमा हिँड्ने अन्य गाडीबाट पनि शुल्क लिनु गैरकानूनी हो ।” 

दिपायल सिलगढी नगरपालिकाका कार्यकारी अधिकृत भोजराज शर्माले बसपार्क व्यवस्थित गर्न पटक–पटक थुप्रै प्रयास गरेको भएता पनि स्थानीयवासीले त्यसको सही सदुपयोग गर्न नसक्दा सबै प्रयास निरर्थक बन्न पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति १४ संगठनको सामूहिक विरोध

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com