ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग


एबीसी न्यूज


काठमाडौँ, २० फागुन ।  लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका हुन् । 

साना खोलामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा निर्माण गरिएका लघु जलविद्युत् आयोजना बिग्रने क्रम बढेपछि उपभोक्ता मारमा परेका छन् । फाकफोकथुम र माङ्सेबुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नभएपछि उपभोक्ताको पहलमा लघु जलविद्युत अयोजना सञ्चालनमा आएका थिए । ती आयोजनाका उपकरण पटक–पटक बिग्रने तथा बनाउन उपभोक्तालाई आर्थिक भार हुने गरेको फाकफोकथुमका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले बताउनुभयो । 

फाकफोकथुमको थावाखोला लघु जलविद्युत् आयोजनामा प्राविधिक समस्या भएपछि उपभोक्ताले दुई हप्तासम्म अँध्यारोमा बस्नुपरेको थियो । टेलिभिजन र मोबाइल चार्जरमा क्षति पुगेको स्थानीयवासी भेषराज पराजुलीले बताउनुभयो । घरमा बिजुली बाल्न रु सात हजारदेखि रु ६० हजारसम्म खर्च गरेका उपभोक्ता प्राविधिक समस्याका कारण सास्ती खेप्दै आएका छन् । उपभोक्तालाई ऋणमाथि ऋणको भार थपिँदै गएको छ । फाकफोकथुम र माङ्सेबुङमा लघुजलविद्युत् आयोजनाबाट एक हजारभन्दा बढी परिवारले विद्युत् उपभोग गर्दै आएका छन् । आयोजना मर्मत गर्न कोष नहुँदा मर्मत गर्न समस्या भएको हो । उपभोक्ताले मर्मतसम्भार गर्न नसक्ने भएकाले केन्द्रीय प्रसारण लाइन विस्तारको माग गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com