ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोटबाटै २२ लाखको सुन्तला बिक्री


admin


वालिङ, २० फागुन ।  स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । 

मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।

उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९०० बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार मात्रै बोटबाट सुन्तला बिक्री गरेर सक्नुभएका भण्डारीले सुन्तला बगैँचाबाटै रु ४० देखि ९० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको बताउनुभयो । 

“ प्रायःजसो अन्यत्र सुन्तला बिक्री गरेर सकिएपछि मात्रै म सुन्तला बिक्री गर्न शुरु गर्छु,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “पहिला बिक्री गर्दा बजार मूल्य सस्तो हुने भएकाले मैले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।” भण्डारीले सुन्तला बिक्रीबाट दुई वर्षअगाडि २२ लाख आम्दानी गर्नुभएको थियो ।

गत वर्ष भने १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको जानकारी दिनुभयो । स्याङजा जिल्लामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गर्छ । यहाँको सुन्तला विभिन्न जिल्लामा समेत क्रिी हुँदै आएको छ । यस क्षेत्रका गोर्खा, तनहुँ, स्याङजा लगायतका जिल्लाका सुन्तला उपभोक्ताले नीकै रुचाउने गर्छन् । 

“बुबाले ४५ वर्षअघि देखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिकरुपमा अगाडि बढायौँ,” सुन्तला व्यवसायी भण्डारीले भन्नुभयो, “अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।”स्थानीय बजारमा मात्रै सुन्तला खपत नहुने भएकाले बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि सुन्तला व्यापारीहरु सुन्तला खरीदका लागि यहाँ आउने गर्छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com