ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचनाइन भाइरसबाट हजारौँ कुखुरा मरे


एबीसी न्यूज
फाल्गुन १५, २०७५ बुधबार   ७ : ४१   बजे

हेटौँडा, १५ फागुन ।  करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् । 

हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । 

अधिकारीले आफूहरू मानव स्वास्थ्यप्रति गम्भीर भएकाले सरकारी प्रयोगशालाको परीक्षणमा बर्डफ्लु प्रमाणित भए कुखुरा आफैँ नष्ट गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । “मरेका कुखुरा एकैदिनको रोगले मरेको पाइएको छ, त्यस्तो गभारो तथा रानीखेत नाम गरेका रोगले मात्र हुन्छ । हामीलाई थाहा भएअनुसार ती कुखुरा रानीखेत नामक रोगका कारण मरेको हुनसक्छ”, उहाँले भन्नुभयो । 

अध्यक्ष अधिकारीले मकवानपुरमा कुखुरा व्यवसायीले रु पाँच अर्ब लगानी गरेको र सञ्चारमाध्यममा गलत कुरा प्रकाशन वा प्रसारण भएमा कुखुरापालन क्षेत्रमा गम्भीर समस्या निम्तिनसक्ने भन्दै सञ्चारमाध्यमहरूलाई सत्य तथ्य समाचार सङ्कलनका लागि अनुरोध गर्नुभएको छ । 

त्यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवाविज्ञको कार्यालयले पनि कुखुरामा देखिएको रोग बर्डफ्लु नभएको जनाएको छ । ‘एचनाइन एन टु भाइरस’ नामक प्रकोपले कुखुराहरू मरेको केन्द्रका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिनुभयो । “हामीले सङ्क्रमण पत्तालगाई सक्यौँ र त्यसको निदान पनि लगभग भइसकेको छ”, उहाँले भन्नुभयो । 
––– 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group