ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बम विष्फोटन गराउने पक्राउ नभएकामा गुनासो


एबीसी न्यूज

काठमाडौँ, १४ फागुन । सांसदले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसञ्चार सेवा प्रदायकको कार्यालयमा बम विष्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै शुक्रबार उक्त घटना भए पनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक छ भन्नुभयो । 

आर्थिक समृद्धि र विकासको नाराका साथ सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेका बेला अन्तरराष्ट्रिय लगानीकै कम्पनीमा बम विष्फोट र आगजनी हुनुजस्ता घटनाले थप अन्तर्राष्ट्रिय लगानी आउन नसक्ने चिन्ता गर्दै उहाँहरुले दोषीलाई तत्काल कानूनी कारवाही गर्न माग गर्नुभयो । 

सांसद दीपा गुरुङले सो घटनाकामृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद बद्री पाण्डेले समाजमा आतङ्क मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारवाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले के कति कारणले सुरक्षामा कमजोरी देखियो, त्यसको उचित छानबिन हुनुपर्ने माग गर्नुभयो । 

सांसद धना खतिवडा, नन्दा चपाईं, प्रकाश पन्थ, प्रमिला कुमारी, युटोल तामाङ, रमेशजङ्ग रायमाझी र रमेशप्रसाद यादवले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सम्बन्धित

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति, ‘तोकिए बमोजिम’ शब्दले हैरान

अमेरिकाको व्यापार नीतिका कारण जर्मनीको अर्थतन्त्रमा गिरावट

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा

मणिपुरमा मुठभेड हुँदा १० उग्रवादी मारिएको भारतीय सेनाको दाबी

आज रुस र युक्रेनबीच टर्कीमा वार्ता हुने तर पुटिन सहभागी नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com