ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणाधीन पुलको निरीक्षण गर्दै –रघुवीर महासेठ


एबीसी न्यूज


काठमाडौं, ८ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । 

पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिनुभएको छ । भीमदत्तनगरपालिका–११, १२ र १३ का बासिन्दाले पहुँच मार्ग निर्माणका क्रममा ऐलानी जग्गा भोगचलन गर्दै आएकालाई मुआब्जा तथा क्षतिपूर्ति दिन मन्त्रीसमक्ष माग गरेका छन् । 

स्थानीयवासीद्वारा आयोजित कार्यक्रममा मन्त्री महासेठले ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयलाई सरकारले उचित क्षतिपूर्ति दिने गृहकार्य गरिरहेको बताउनुभयो । “तपाईहरु ढुक्क हुनुस् मुआब्जाको विषय मन्त्रिपरिषद्मा पेश गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “विकास निर्माणका काममा तपाईहरुले पनि भरपुर सहयोग गर्नुपर्छ ।” 

पुर्जा नभएका वर्षौंदेखि बस्दै आएका स्थानीयलाई मुआब्जा दिन नीति बनाउन मन्त्रिपरिषद्मा छलफलको चरणमा रहेको छ । महाकालीको तटीय क्षेत्रमा २०२२ सालदेखि ऐलानी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले मन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । 

मन्त्री महासेठसँगै पुल निर्माणस्थलको निरीक्षणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीलगायत विभागका उच्च पदस्थ अधिकारी यहाँ आउनुभएको थियो । पहुँच मार्गमा पर्ने ऐलानी जग्गा र घरको क्षतिपूर्तिको विषय नटुङ्गिँदा सडक निर्माणको काममा ढिलाइ हँुदै आएको निर्माण कम्पनीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com