ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षणको पर्खाइमा सुकेताल


एबीसी न्यूज


काठमाडौं, ८ फागुन ।  तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । 

उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भएपनि पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा महत्व बोकेको यस क्षेत्र गुमनाम छ । प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको सुकेताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ तर अझै भौतिक संरचनाको विकास हुनसकेको छैन । सुकेताल सुकी अर्थात ढक पैसाको आकारमा फैलिएको छ । तीन रोपनी जग्गामा फैलिएको ताललाई प्रदेश नं ५ को प्रसिद्ध तालको रूपमा विकास गर्ने योजना अघि बढाइएको गाउँपालिका स्रोतले जनायो । 

सुकेताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुनेखालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार सुकेताललाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ । गाउँपालिकाले विकास र समृद्धिको नाराअनुसार नीति तथा कार्यक्रम बनाएर तालको आसपासमा सञ्चालित घरबास (होमस्टे) प्रभावकारी बनाउनेतर्फ लागेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । 

निजी जग्गा किनेर ताललाई सात रोपनी क्षेत्रमा फैलाउने गरी काम भएको र यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले राष्ट्रपति चुरे संंरक्षण कार्यक्रमअन्तर्गत रु १५ लाख बजेटमा ताललाई थप विस्तार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com