ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संरक्षणको पर्खाइमा सुकेताल


एबीसी न्यूज
फाल्गुन ८, २०७५ बुधबार  १ : १९ बजे


काठमाडौं, ८ फागुन ।  तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । 

उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन सकिने भएपनि पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसक्दा महत्व बोकेको यस क्षेत्र गुमनाम छ । प्राकृतिक हिसाबले समेत महत्वपूर्ण रहेको सुकेताललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने देखिन्छ तर अझै भौतिक संरचनाको विकास हुनसकेको छैन । सुकेताल सुकी अर्थात ढक पैसाको आकारमा फैलिएको छ । तीन रोपनी जग्गामा फैलिएको ताललाई प्रदेश नं ५ को प्रसिद्ध तालको रूपमा विकास गर्ने योजना अघि बढाइएको गाउँपालिका स्रोतले जनायो । 

सुकेताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास र विस्तार गर्न सरकारले पर्यटकलाई आकर्षण हुनेखालका संरचनाको विकास गर्नुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार सुकेताललाई पर्यटकीय गन्तव्य बनाउन सके स्थानीय बासिन्दाको जीविकोपार्जनमा सहज हुनेछ । गाउँपालिकाले विकास र समृद्धिको नाराअनुसार नीति तथा कार्यक्रम बनाएर तालको आसपासमा सञ्चालित घरबास (होमस्टे) प्रभावकारी बनाउनेतर्फ लागेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । 

निजी जग्गा किनेर ताललाई सात रोपनी क्षेत्रमा फैलाउने गरी काम भएको र यसले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले राष्ट्रपति चुरे संंरक्षण कार्यक्रमअन्तर्गत रु १५ लाख बजेटमा ताललाई थप विस्तार गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेटौंडामा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

सम्बन्धित

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

प्रहरी परिसरमा लेखकको बयान सुरू

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

प्रधानमन्त्रीको अफिसियल फोटो एक दिनमा दुईपटक जारी , के हटाइयो ?

दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com