ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले- माओवादी पार्टी एकता निश्चित, चुनाव चिन्ह सूर्य, ६० :४० को भागवण्डा


एबीसी न्यूज
आश्विन १६, २०७४ सोमबार  ८ : २७ बजे

काठमाडौं १७ असोज । नयां संविधान जारी भएर एमाले माओवादी गठवन्धन सरकार बनेका बेला सुरु भएको दुई पार्टीबीचको एकताको प्रक्रियाले अन्ततः स्थानीय निर्वाचन सकिएर संसदको चुनाव हुने बेला सार्थकता पाउने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि माओवादीभित्र चरम छटपटी देखिएको थियो भने तेस्रो चरणको निर्वाचनले एमाले र माओवादी मिल्नुको विकल्प नरहेको निश्कर्षमा पुर्याएको थियो एमालेलाई । परिणामस्वरुप झण्डै एक वर्षदेखि चलेको सम्वाद र प्रयत्न तथा दशैंका बेला देश पर्वको पहेलीमा मस्त रहंदा एमाले र माओवादीका अध्यक्षहरुको म्याराथुन वार्ता र छलफलको परिणामस्वरुप दुई पार्टीको पार्टी एकता हुने निश्चित भएको समाचार स्रोतको दावी छ ।
उच्च राजनीतिक स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीच दुई पार्टी एकीकरण गर्ने विषयमा साझा दस्तावेजमा सहमति भइसकेको छ । सहमति अनुसार आगामी संसदीय र प्रदेश निर्वाचनामा दुवै पार्टी सूर्य चिन्हबाट, एमाले ६० प्रतिशत र माओवादी ४० प्रतिशत स्थानमा चुनाव लड्नेछन् ।
पार्टी एकतका लागि दुवै पार्टीबाट केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम रहेको सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाइएको छ । यही समितिले पार्टी एकता तथा चुनावी भागवण्डासम्बन्धी सम्पूर्ण काम गर्ने छ ।
पार्टीेको नाम नेपाल कम्युनिस्ट पार्टी वा समाजवादी पार्टी राख्ने विषयमा छलफल चलिरहेको छ । उच्च राजनीतिक स्रोतका अनुसार पदीय जिम्मेवारीमा राष्टपति, पाटी अध्यक्ष, र प्रधानमन्त्रीमा ओली, नेपाल र प्रचण्डले एक मात्र पद लिनेछन् भने बांकी संगठनात्मका सन्तुलन ६० र ४० को आधारमा गरिनेछ ।
सोमबार माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता र तालमेल बारे भएका प्रगति र छलफलको जानकारी गराएका थिए । स्रोतका अनुसार माओवादी बैठकमा गोपाल किरांतीले आफूले सूर्य चिन्हमा भोट हाल्न नसक्ने बताए भने प्रभु शाहले अरुचि देखाएका थिए । आकस्मिक सचिवालय बैठकले सर्वसम्मत रुपमा पार्टी एकता र तालमेलका लागि अध्यक्ष प्रचण्डलाई निर्णय गर्ने अधिकार दिएको छ ।
भारतीय राजदुत प्रचण्ड निवासमा
एमाले माओवादी एकता हुने समाचार सुन्ने वित्तिकै सोमाबार नै भारतीय राजदूत मन्जिवसिंह पुरीले माओवादी अध्यक्ष प्रचण्डलाई उनकै निवास पुगेर भेटेका थिए । भेटमा समासामयिक कुराकाकनीका अलवा पार्टी एकता बारेसमेत राजदूत पुरीले चासो राखेको प्रचण्डलको सचिवालय स्रोतले जानकारी दिएको छ । पुरीले अप्रत्यक्ष रुपमा एमालेसंग एकता भएमा प्रचण्डको स्वतन्त्र अस्तित्व गुम्ने चिन्ता जाहेर गरेको समाचार स्रोतको दावी छ ।
बाबुराम पनि संयोजन समितिमा
एमाले र माओवादीबीच पार्टी एकता हुने कुरालो एक वर्ष दुई वर्ष पहिले माओवादी छाडेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई खुशी भएका छन् । माओवादी स्रोतका अनुसार पार्टी एकता संयोजन समितिमा बाबुरामा भट्टराई पनि सहभागी हुन सहमत भएका छ । उच्च राजनीतिक स्रोतका अनुसार एमाले माओवादी एकतामा सामेल संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि उत्सुक देखिएका छन् । स्रोतका अनुसार यादब ओली र प्रचण्डसंगको सम्वादमा लागिरहेका छन् ।
देउवा तरंगित
एमाले माओवादी एकताले प्रधानमन्त्री तथा कांग्रेस सभापति तरंगित हुन पुगेका छन् । दुई पार्टी बीचको एकता हुने सुईंको पाएपछि देउवाले प्रचण्डलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । देउवाले प्रचण्डलाई तपाई किन यति चांडै हतारिनु भयो ? भन्ने प्रश्न गरेका थिए । जबाफमा प्रचण्डले यो कसैका विरुद्ध नभएर देशमा राजनीतिक स्थायित्वका लागि लोकतान्त्रिक र बामपन्थी गठवन्धन जरुरी रहेका ले आफुले पहल गरेको बताएका थिए । प्रचण्डले देउवालाई पनि तपार्ईले पनि प्रजातान्त्रिक गठवन्धन गर्न सुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com