ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय समाचार समितिको बार्षिक उत्सव प्रदेशमा पनि


sharan sharan


बुटवल, ७ फागुन । राष्ट्रिय समाचार समिति(रासस)लाई समय सापेक्ष र गुणस्तरिय संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएकाछन् ।
राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ५८ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा उनीहरुले राससले प्रादेशिक संरचनामा लैजान ढिला गर्न नहुने बताउंदै राससले प्रादेशीक बुलेटिन प्रकाशन गर्नु सुझाव समेत दिएका छन । समारोहमा बोल्दै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले नीजि क्षेत्रका मीडिया र राष्ट्रिय समाचार समितिबीचको सहकार्यले मिडियाको विकास हुने उल्लेख गर्दै संघीय मोडेलमा प्रवेश गरेपछि यसको प्रभावकारीता वढने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सञ्चार सम्वेदनशिल क्षेत्र भएकोले सफलता र असफलताको निक्र्यौल मीडियाले गर्ने धारणा व्यक्त गर्दै राससलाई गुणात्मक उचाईमा लैजान आवश्यक भएको बताउनुभयो ।
प्रदेश नम्बर ५ प्रदेशसभामा बिपक्षीदलका नेता बलदेव शर्मा पोखरेलले निष्पक्ष पत्रकारितागर्न संचारमाध्यमलाई सुझाव दिनुभयो । उहाँले निष्पक्ष पत्रकारीतालेनै समाजलाई सहि दिशातर्फ डोर्याउने बताउंदै संचारमाध्यम जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राससको प्रदेश नं ५ का विभिन्न जिल्लामा कार्यरत चार स्थानिय समाचारदातालाई पुरष्कृत गरिएको छ । पुरस्कृत पत्रकारहरुलाई जनही रु. ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा फोटोतर्फ उत्कृष्ट रुपन्देही लुम्बिनीका नरेश केसी, श्रव्यदृश्यतर्फ उत्कृष्ट पाल्पा बेझाडकी शुसिला रेग्मी, तथा उत्कृष्ठ रिपोटीङमा दाङ घोराहीकी रिता लामा र उत्कृष्ठ आलेखमा दाङ नारायणपुरका नविन नेपाली छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com