ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीपक शिवा बचाऊ अभियानमा रकम जुट्दै


एबीसी न्यूज


काठमाडौं – मिर्गाैला रोगपीडित दीपक शिवाको उपचारका लागि स्थापित ‘दीपक शिवा बचाऊ अभियान’मा रकम जुट्ने क्रम जारी छ । देउमाई नगरपालिका मङ्गलबारेस्थित त्रिवेणी युथ क्लबले सञ्चालन गरेको अभियानमा देश तथा विदेशबाट रकम जम्मा हुन थालेको हो । 
क्लबका सदस्य तथा देउमाई नगरपालिका–४ मङ्गलबारे बजार निवासी शिवाको दुबै मिर्गाैलाले काम गर्न छोडेपछि उहाँ अहिले काठमाडौँस्थित क्रिष्ट अस्पतालमा उपचाररत हुनुहुन्छ । शिवाको उपचारका लागि रकम अभाव भएकाले क्लबले रकम जुटाउन दुई महीना अघिदेखि शुरु गरेको अभियानमा हालसम्म तीन लाख ८४ हजार सात सय पाँच रुपैयाँ सङ्कलन भइसकेको छ । 

दक्षिण कोरियाकास्थित इलामेली समाजका केदार निरौला र छुङछुङ नेपाली समाजका लोकेन भट्टराईले रु दुई लाख १२ हजार ९००जम्मा गर्नुभएको छ । उक्त क्लबले देश तथा विदेशमा रहनुभएका अन्य सहयोगीबाट रु थप एक लाख ७१ हजार ८०५ सङ्कलन गरेको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले रकम जुट्ने क्रम जारी रहेको बताउँदै यस अभियानलाई अझ प्रचार गर्न सके बढी रकम जुट्ने अपेक्षा गर्नुभयो । विसं २०४३ मा जन्मिनु भएका शिवा कुशल खेलाडी तथा मङ्गलबारे बजारका युवा व्यवसायी हुनुहुन्छ । उहाँले तीन महीना अघिदेखि उपचार गर्न थाल्नुभएको थियो 
। 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com