ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनगायक जीवन शर्माले गरे आरोपको खण्डन [भिडियो सहित]


sharan sharan



जनबादी गायक जिवन शर्माले नेकपा मसालबाट कारवाहि गर्दा लगाईएको आरोपका सम्बन्धमा आरोप प्रमाणीत गर्न चुनौती दिएकाछन् । पार्टीसंगको आफ्नो सम्बन्ध नखुलाई गायक शर्माले आफुमाथि लगाएको कुनै आरोप प्रमाणीत हन नसक्ने ठोकुवा गरेकाछन् । एबिसी न्युजको एबिसी बिशेषका लागि पत्रकार शरण कर्माचार्यसंग कुरा गर्दै शर्माले पार्टीले आफुलाई जापान नजान नभनेको, आफु पुर्णरुपमा सर्वहाराबादी जिवनशैलीमा चलेको, बर्गीय मुक्ति बाहेकका गित संगीत कहिं कतै प्रस्तुत नगरेको र आफ्नै नेतृत्वमा नेपालका धेरै भागहरुमा सयौं नयां प्रतिभाहरु जन्मीएको बताएकाछन् ।
केहि दिन पहिले बसेको नेकपा मसालको केन्द्रिय समितीले शर्मालाई पार्टीसंग अनुमति नलिई जापान गीत गाउन गएको, ब्यत्तिगत निर्णयका आधारमा चलेको, नयां प्रतिभालाई अवसर नदिएको तथा प्रचण्ड, माधव नेपाल, मोहन बैद्य लगायतका नेता सहभागि कार्यक्रममा गीत गाएको जस्ता आरोप लगाउंदै ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको समाचार सार्वजानीक भएको थियो । शर्माकै नेतृत्वमा २०४३ चैत्र २६ गते गठन भएको रक्तीम सांस्कृतिक परिवारबाट समेत गायक शर्माले राजिनामा दिएकाछन् । राजिनामा अघि मसालले शर्मालाई रक्तीम परिवारको अध्यक्षबाट हटाउने निर्णय गरेको समाचार समेत सार्वजानिक भएको थियो । एबिसीसंगको कुराकानीमा शर्माले नेतृत्वबाट हटेपनि जनमुक्तिका लागि क्रियाशिल जन कलाकारहरुसंगको साथ भने कायम रहेने बताए ।

२०३२ साल ताका गणीत र बिज्ञानको शिक्षकका रुपमा बागलुङमा पढाउन सुरु गएका जिवन शर्माले बेदना परिवारबाट आफ्नो सांगितीक अभियानको थालनी गरेका थिए । शर्माका १ हजार ५ सय बढी गीतहरु संगित बजारमा उपलब्ध छन् ।
तपाईलाई मसालले किन कारवाहि गरेको भनेर प्रश्न गर्दा पार्टीसंगको सम्बन्धकै बिषयमा शर्माले अनबिज्ञता प्रकट गरेका थिए । देश र जनताका गीतहरु सृजना गर्ने क्रममा शर्माले रचना गरेका गीतहरुले बिशेष गरि नेपालका कम्युनिष्ट पार्टीका कार्यहरुलाई सम्बोधन गर्ने गरेको पाईन्छ ।

माओबादी जनयुद्धमाथि सरकारी दमन चकेका बेला “आधिरातमा हुरी चल्दा, आधि अनि तुफान चल्दा । आकाशैमा कालोनिलो मुसलधारे पानी पर्दा म त्यहि आउने छु” भन्ने गित रचना गर्दै माओबादी योद्धाहरुलाई प्रोत्साहन गरेका थिए शर्माले । माओबादीहरुले नै जातका आधारमा , समुदायका आधारमा स्वायत्त प्रदेशहरु घोषणा गर्दै गर्दा फेरी शर्माको अर्को रचना आयो “ मधेसी पहाडी हिमालका हिमाली, सयांै जाती जनजाती हामी सबै नेपाली” । पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुको जिवनशैलीमा सामन्ती शैलीको बिकास भएको देखेपछि शर्मा गांउदै छन् “ चाहिंदैन मलाई शिशाको महल, चाहिंदैन मलाई चमेलीको बास” । पछिल्लो शर्माको यसै गितमा “जता हे¥र्यो त्यतै देख्छु असत्यको खेती सत्य कुरा गर्नेलाई रोक्छन् बाटो छेकी” भन्ने शब्द मसालको नेतृत्व प्रति केन्द्रित थियो भनिएको छ । नेकपा मसालको आसन्न महाधिवेशनमा महामन्त्री मोहन बिक्रम सिंहको बिपक्षमा फरक मत दर्ज गरेका बागलुङका एक नेताका पक्षमा जिवन शर्माले मत जाहेर गरेपछि उनीमाथि कारवाहि भएको बताईएको छ । यद्देपी शर्माले कारवाहिका बिषयमा आफुलाई कुनै जानकारी नभएको बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

मैले मेरो स्मार्टफोन छाडेर ’पुरानै फोन’ चलाउन लागें, तपाईंले पनि त्यसै गर्ने कि ?

गायिका सुमन गुरुङ र गायक रिकेश गुरुङको नयाँ गीत बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com