नायिका वर्षा राउत र संजोगले गरे इन्गेजमेन्ट



काठमाडौ,२९ माघ । नायिका वर्षा राउत र उनका प्रेमी संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन्।

सात वर्षदेखि प्रेमसम्बन्धमा रहेका वर्षा र संजोगले सोमबार एक कार्यक्रममा औँठी साटासाट गरेका हुन् । वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ।

विवाह मिति सार्वजनिक भएसँगै उनीहरुलाई शुभचिन्तकको शुभकामनाको ओहिरो लागेको छ। राउत अभिनित फिल्मी गोपी अहिले प्रर्दशनमा समेत रहेको छ ।


सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको  तस्विर सार्वजनिक गर्दै वर्षा र संजोगले लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट रहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All