ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएलमा घरेलु टोली पराजित


एबीसी न्यूज


धनगढी, २९ माघ ।  रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन आज भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी शुरुआत गरेका छन् । 

दुई घरेलु टोली धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेड भने पहिलो खेलमा पराजित भएका छन् । काठमाडौँले धनगढीलाई चार विकेटले हराउँदा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडमाथि दुई रनको रोमाञ्चक जीत दर्ता गरेको हो । 

धनगढीले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा लक्ष्य पूरा ग¥यो । काठमाडौँलाई महत्वपूर्ण जीत दिलाउने क्रममा गौरभ तोमरले २८, अनिलकुमार शाहले २४ तथा अङ्कित दवासले २९ रनको पारी खेले । धनगढीका लागि रोहन मुस्तफाले चार विकेट लिए । आमीर हायत र विपीन कार्कीले पनि समान एक–एक विकेट हात पारे । 

ज्ञानेन्द्र मल्लको कप्तानीको काठमाडौँ गोल्डेन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामीको कप्तानीको धनगढीले २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । ओपनरद्वय सुनिल घमला र रोहन मुस्तफालाई सस्तैमा गुमाएको धनगढीले यसपछि तेस्रो विकेटका लागि अमित श्रेष्ठ र सन्दीप रजालीबीच ५२ रनको साझेदारी भएको थियो । 

अमित श्रेष्ठले प्रतियोगिताको पहिलो अर्धशतक बनाए । ५० बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाए । सन्दीपले २८ रनको पारी खेले । पवन सरार्फले १९ तथा शौरभ खनालले अविजित रहँदै २५ रन बनाए । काठमाडौँका लागि नन्दन यादवले दुई विकेट लिए भने ललित राजवंशी र अङ्कित दवासले समान एक–एक विकेट लिएका थिए । 

दोस्रो खेलमा रुपन्देही च्यालेञ्जर्सले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १०९ रन मात्रै बनाउन सक्यो । टोलीका आनन्द सुब्रमनियनले २५ र रोहित पौडेलले २४ रन बनाए । कप्तान शरद भेषावाकर चार, कुशल मल्ल नौ, आरिफ शेख पाँच र सिद्धान्त लोहनी चार रनमा आउट भए । 

रुपन्देहीका विक्रम सोवले तीन ओभरमा २४ रन खर्चेर तीन विकेट लिए । त्यस्तै पुनित मेहराले दुई तथा ललितसिंह भण्डारी, कृष्ण कार्की र बसन्त रेग्मीले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले सबै विकेट गुमाउँदै १११ रन बनायो । रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाए । यस्तै प्रदीप ऐरी एक, सन्दीप सुनार १५, बाबर हायत १४, विनोद भण्डारी १९, पुनित मेहरा तीन, भीम सार्की दुई रन बनाउँदै आउट भए । 

यस्तै कप्तान वसन्त रेग्मी र ललितसिंह भण्डारी शून्यमा आउट भए भने कृष्ण कार्कीले चार रन जोडे । विक्रम साव १० बलमा १६ रन बनाउँदै अविजित रहे । महेन्द्रनगरका लागि सिद्धान्त लोहनीले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । सागर ढकाल र अविनाश बोहराले दुई दुई विकेट लिए । कप्तान शरद भेषावकरले एक विकेट लिए । लिगअन्तर्गत भोलिको पहिलो खेलमा धनगढी स्टार्स र सिवाइसी अत्तरिया प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com