ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यास नगरपालिकाको आय एक अर्ब २० करोड


admin
माघ २८, २०७५ सोमबार  ३ : १५ बजे


दमौली, २८ माघ । तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष २०७५-७६ का लागि रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय प्रस्तुत गरेको छ । 

आजदेखि शुरु भएको चौथो नगरसभाको अवसरमा नगरपालिकाका उपप्रमुख मीरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । चालू आवका लागि कूल रु एक अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकामा माघ २६ गतेसम्म रु ६० करोड ४९ लाख २६ हजार ५०० यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले जानकारी गराउनुभयो ।

आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख अनुमान गरिएकामा माघ २५ गतेसम्म रु सात करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा रु ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकामा रु ५२ करोड ८३ लाख ४७ हजार ५०० यथार्थ आय हुन आएको छ । 

हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा रु ४१ लाख ८८ हजार थप आय हुने गरी कूल आन्तरिक आय रु १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको जोशीले बताउनुभयो ।

बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी रु सात करोड ३६ लाख ६३ हजार थप आय तथा कूल बाह्य र अन्य आय रु एक अर्ब पाँच करोड ४९ लाख ९७ हजार गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कूल रु एक अर्ब २० करोड दुई लाख ८५ हजारको संशोधित आय अनुमान कायम गरिएको छ । 

चालू आवका लागि तेस्रो नगरसभाबाट चालू खर्च र पूँजीगत खर्चतर्फ रु एक अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकामा सोमध्ये चालू खर्चतर्फ रु ६४ करोड ७५ लाख १४ हजार अनुमान गरिएकामा माघ २५ गतेसम्म रु ३७ करोड २० लाख ६६ हजार यथार्थ आय हुन आएको छ ।

पूँजीगत खर्चतर्फ रु ४७ करोड ४९ लाख १९ हजार विनियोजन गरिएकामा माघ २५ गतेसम्म रु १० करोड ७९ लाख ५६ हजार खर्च भएको छ । चालू खर्च र पूँजीगत खर्चसमेत गरी कूल रु ४८ करोड २२ हजार यथार्थ खर्च हुन आएको छ । 

चालू आवको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा रु पाँच करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कूल चालू खर्च रु ७० करोड ५१ लाख ३८ हजारको अनुमान गरिएको छ ।

पूँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साविकको व्यय अनुमानमा रु दुई करोड दुई लाख २७ हजार थप गर्ने गरी कूल व्यय अनुमान रु ४९ करोड ५१ लाख ४६ हजारको संशोधित विनियोजन कायम गरिएको छ । 

पाँच विधेयक प्रस्तुत 

मङ्गलबारसम्म सञ्चालन हुने नगरसभामा आज पाँच विधेयक प्रस्तुत भएका छन् । सभामा संशोधित आर्थिक विधेयक÷विनियोजन विधेयक, शिक्षा विधेयक २०७५, स्थानीय तहको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७५ को संशोधन प्रस्ताव र सहकारी ऐन २०७५ को संशोधन प्रस्ताव प्रस्तुत भएको छ । 

वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले फोहरमैला व्यवस्थापनसम्बन्धी ऐन २०७४ माथि संशोधन प्रस्ताव, सामाजिक विकास समितिका संयोजक काजीमान श्रेष्ठले शिक्षा विधेयक २०७५, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक विश्वराज न्यौपानेले व्यास नगरपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक २०७५, आर्थिक विकास समितिका संयोजक काशीराम श्रेष्ठले आर्थिक ऐन २०७५ माथि संशोधन प्रस्ताव, विनियोजन ऐन २०७५ माथि संशोधन प्रस्ताव र सहकारी ऐन २०७४ माथि संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएका विधेयकमाथि मङ्गलबार नगरसभामा छलफल हुने र सभाले पारित गर्ने नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com