ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले अब पाँच हजार वृद्ध भत्ता दिने : रक्षामन्त्री पोखरेल


admin
माघ २७, २०७५ आईतबार  २ : ४९ बजे


काठमाडौं, २७ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकार पछि नहटेको बताएका छन ।

उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन । उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे ।

उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्न लागेको जानकारी पनि दिए । आईतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भने जस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी समेत गरेका छन ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहो¥याए । काठमाडौं महानगरपालिका ४ वडा समितिको पहल र स्थानीयको समर्थनमा चण्डोल दक्षिणामूर्ति आश्रम नजिक सार्वजनिक जमिनमा व्यक्तिले करिव ११ वर्षदेखि कब्जा गरी बनाएको घर कब्जाबाट मुक्त गरि सोही घरबाट वडा कार्यालयको काम सूरु गरिएको हो ।

बालुवाटारस्थित वडा भवन रहेको जमिनमा नयाँ वडा भवन निर्माणको काम सुरु गर्न लागिएकाले सो वडा कार्यालयको काम उक्त कब्जामुक्त गरिएको भवनबाट सूरु गरिएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित’

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com