ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै हात र एक खुट्टा गुमाएका बाँकेका कुँवरलाई आर्थिक सहयोग


admin
माघ २३, २०७५ बुधबार   ५ : ३२   बजे

काठमाडौं,२३ माघ । नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरेको छ । 

रोजगारीको सिलसिलामा भारतमा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कुँवरलाई जापान परिवारले आज आर्थिक सहयोगार्थ रु एक लाख १६ हजार ९७० सहयोग गरेको हो । जापानमा रोजगारीको सिलसिलामा गएका नेपालीबाट सङ्कलित गरी सो रकम कुँवरलाई हस्तान्तरण गरिएको हो । 

संस्थाका संरक्षक पदम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्रप्रसाद सिलवालको सक्रियतामा सङ्कलित रकम हाँस्य टेलिशृृङ्खला ‘मेरी बास्सै’का कलाकार लेखान्त भुसाल र दिवाकर भण्डारीको हातबाट कुँवरलाई उक्त रकम प्रदान गरिएको हो । 

बुद्धिमानको सहयोगका लागि हालसम्म करीब रु १५ लाख रकम सङ्कलन भइसकेको सहयोग समितिले जनाएको छ । दुई हात र एक खुट्टा हाल्नका लागि करीब रु एक करोडभन्दा बढी रकम लाग्ने कुँवरको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको आग्रह गर्दै काठमाडौँ आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group