ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र ‘सयकडा दश’:प्रमुख आयुक्त


admin

ललितपुर,२३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’लाई अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र बनेको बताएका छन । आयुक्तले हिजो ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि उक्त कुरा बताएका हुन ।

उनले भने ‘चलचित्र सन्देश मुलक छ । म आशा विश्वास र अपेक्ष पनि के गर्छु भने यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको छ’, उनले अगाडि भने ‘अख्तियारको मुल मर्मलाई नै बोकेर चलचित्र बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्नेकाम यो चलचित्रले गरेको छ ।’

चलचित्रलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हेरेका थिए ।
आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन । साथसाथै यो चलचित्र कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन ।

यही माहोलमा ‘सयकडा दश’ हेर्न आफ्ना भक्तजनहरु सहित आएकी विदुषी सपना माताले चलचित्र अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गरिन ।

बेलुका ६ बजेको शो मा पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको र अधिकांस दर्शकले राम्रो चलचित्र भनी प्रतिक्रिया दिएका थिए । सबैले चलचित्र सन्देश मुलकसहित मनोरञ्जनले भरपूर्ण रहेको भन्दै उक्त चलचित्र एकपटक हेर्नैपर्ने सुझाए ।

उनिहरुले ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ भनेका थिए । शुक्रबार रिलिज भएको रामशरण पाठक निर्दे्शित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । चलचित्र राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com