ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल हुर्दैन : अर्थमन्त्री खतिवडा


admin

काठमाडौं, २२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राष्ट्र बैंक र वित्तिय संस्थाहरुले वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ ।

आज अर्थ मन्त्रालयमा सम्पन्न उच्च स्तरीय वित्तिय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरु सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको हो ।

उहांले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रर्वद्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सो तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंक अफ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदुका पदाधिकारी सहभागी भएको बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समिक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यस तर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दिर्घकालिन रुपमा लगानीको वातावरण तयार गर्नुपर्ने उहाँको जोड् छ । उहाँले बैंक तथा वित्तिय संस्थाहरुलाई औद्योगिक प्रर्वद्धन मैत्री बनी समय सापेक्ष साधन परिचालन गर्न समेत निर्देशन दिनुभयो ।

वित्तिय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सकेमा सबैको हितमा हुने मन्त्री खतिवडाको भनाई छ ।

बैठकमा वित्तिय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै विरगञ्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो । उनीहरुले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तिय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानार्कषण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com