ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा तरकारी बिक्री नै हुन छाडेपछि किसान मारमा


admin


चितवन ,२२ माघ । चितवनमा तरकार बिक्री नै हुन छाडेपछि किसानहरुले खेतमै तरकारी नष्ट गरेका छन् । पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् ।

उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि बिशेष गरि बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् । सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरेका छन् ।

एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको बरु बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न परेको स्थानिय किसान नवराज भूषालले बताए । अघिल्लो बर्ष त्यँिह जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भएको तर यस बर्ष एक रुपैयाँ पनि आम्दानी नभएको भूषालले बताए ।

तिन कठ्ठामा बन्दा उत्पादन गर्न करिब २१ हजार लागत लागेको उनको भनाई छ । सोहि स्थानकी नरबदा सापकोटाको दुखेसो पनि उस्तै छ । ३२ कठ्ठामा तरकारी खेती गर्दै आएकी सापकोटाले केहि दिनअघि मात्रै ब्रो काउली र बन्दा लगाएको करिब १५ कठ्ठा बारी तरकारी सहित जोताइन्् । केहि तरकारी त काटेर गाईभैसीलाई समेत खुवाएको तर पशुचौपायलाई समेत चिसो होला भनेर खुवाउन छोडेको उनले बताइन् ।

अब बाँकी रहेको १७ कठ्ठाको तरकारी पनि केहि दिनमै जोताउन पर्ने स्थिति रहेको उनले बताईन् । प्रतिकठ्ठा २ हजार ५ सयको दरले भाडा तिर्ने गरि लिएको २२ कठ्ठा जग्गामा लगाइएको तरकारी बिक्री नभएर बारीमै जोत्नु पर्ने अवस्था आएको भन्दै सापकोटाले दुखेसो गरिन् ।

खैरहनी १ बहेराकै इन्दिरा भूषालले पनि सोमबार ६ कठ्ठामा लगाएको बन्दा जोताइन् । अघिल्लो बर्ष डेढ लाख आम्दानी गरेकी उनले यसबर्ष एक रुपैयाँको समेत बन्दा बिक्री नगरी जोताउन परेको बताइन् ।

उनको जस्तै समस्या अहिले बन्दा लगाउने धेरै किसानको रहेको छ । सोहि स्थानकी देपकला खनालले ७ कठ्ठामा लगाएको बन्दा नष्ट गर्ने तयारीमा रहेकी छिन् । अघिल्लो बर्ष ४ कठ्ठामा लगाएको तरकारीबाट १ लाख आम्दानी भएको थियो राम्रो होला भनेर यसबर्ष ६ कठ्ठामा लगाँउदा एक रुपैयाँ पनि आम्दानी नगरि तरकारी जोत्नुपर्ने अवस्था आएको उनले बताइन् ।

सोहि स्थानका सूर्य प्रसाद भूषालले समेत दुई कठ्ठामा लगाएको बन्दा जोताए । भाउ पाउला कि भनेर कुर्दा कुर्दा तरकारी बिक्री भएन, अर्को वाली लगाउने समय समेत आएकोले बाध्य भएर तरकारीसहित बारी जोताएको उनले बताए ।

किसानहरुले मूल्य नपाँउदा खेतबारी मै तरकारी नष्ट गर्नुपर्ने अवस्था आउदाँ समेत बजारमा भने उपभोक्ताले प्रतिकिलो १५ रुपैयाँमा बन्दा खरिद गरिरहेका छन् । अहिले चितवनमा बन्दा, काउलीको उत्पादन बढी भएकाले मूल्य नपाएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ नारायणगढका अध्यक्ष थिर प्रसाद धितालले बताए ।

अहिले थोक बजारमा बन्दा चार –पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको उनले बताए । सबैले एउटै तरकारी लगाउनु भन्दा किसानहरुले फरक फरक तरकारी लगाए यस्तो समस्या नआउने र सबै तरकारीले मूल्य पाउने उनले दावी गरे ।

चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com