ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दमौलीस्थित खुला मैदानमा पाँच करोडमा पार्क बनाइने


admin

दमौली, १८ माघ । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ । 

यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।” 

पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उहाँले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भन्नुभयो, “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।” 

प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ 

म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन तथा पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ गर्न लागिएको विद्यालयले जनाएको छ । 

प्राविधिक शिक्षा पढ्नका लागि यहाँका बालबालिका पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरी यही नै यस्तो सुविधा उपलब्ध गराउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्यत्र जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत रकम सङ्कलन गर्न लागेको हौँ ।” महायज्ञका लागि १०८ सदस्यीय मूल समारोह समिति र ५२ विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञबाट करीब रु तीन करोड सङ्कलन गर्ने लक्ष्य रहेकोे विद्यालयले जनाएको छ । बालयोगेश्वर महाराज प्रमुख वाचक रहने महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्तीलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा दान दिने दानवीरलाई सम्मान गरिने विद्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् ।

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौं, ३ भदौ ।  मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि

सम्बन्धित

नेपाल–चीन उडान एक महिना बन्द हुने

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

‘अर्थमन्त्री शर्माको मातहतमा कुनै कर्मचारी बस्न चाँहदैनन्’

भारतले नेपाल पठाउने इन्धनमा भारी मात्रामा मूल्य घटायो

चीनलाई टक्कर दिन अमेरिकाले नेपाल सरकारसँगै नीजि क्षेत्रसँग सहकार्य गर्ने तयारी

चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...