ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी मजदूरद्वारा आज दोस्रो दिन पनि आमरण अनशन जारी


admin

महोत्तरी, १८ माघ । विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । 

वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् । 

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको नेतृत्वमा फेकन साह, दशरथ महतो, जीवनहरि उपाध्याय, ओपिन्द्र पासवान, रामसेवक महतो, केदार सुस्लिङ, लीलाधर महतो, रामहरि दुलालले अनिश्चितकालीन आमरण अनशन बसेका हुन् । 

गत साउन महीनादेखि नेपाल सरकारले वृद्धि गरिएको प्रति मजदूर रु तीन हजार ७५० उद्योग प्रशासनले नदिएको भन्दै सो को माग गर्दै विभिन्न चरणका शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिसकेका मजदूरले इण्डष्ट्रिजको मूलगेट अगाडि आमरण अनशनमा बसेका हुन् । 

अहिले उखु क्रसिङ मौसम भएकाले उद्योगको कामकाज प्रभावित नहुने गरी शान्तिपूर्णरुपमा उद्योगको मूलगेट अगाडि अनशन शुरु गरेको मजदूर नेता पर्शुराम खनालले बताउनुभएको छ । 

खाइपाइ आएको तलबभत्ता कुनै पनि हालतमा कटौती गरिनु नहुनेतर्फ सचेत गराउँदै विभिन्न समयमा उद्योग प्रशासनसँग वार्ता सम्पन्न गरिएको अर्का मजदूर नेता मुरारी दुलालले जानकारी दिनुभएको छ । 

आमरण अनशनमा बसेका मजदूरलाई प्रदेशसभा सदस्य भरतप्रसाद साहले फूलमाला र अबीर लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com