ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अठ्ठाइस हजार भूकम्पपीडित, अनुदान पाउने छ हजार मात्र


एबीसी न्यूज


भक्तपुर, १५ माघ। भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।

भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो ।

जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको सङ्ख्या अत्यन्त कम रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरले जनाएको छ ।

लाभग्राहीको सूचीमा रहेका जिल्लाका कूल २८ हजार ३०८ मध्ये अनुदान लैजान २४ हजार २८३ भूकम्पपीडितले सम्झौता गरेका थिए । तर पहिलो किस्तावापत रु ५० हजार लैजानेको तुलनामा दोस्रो र तेस्रो किस्ताको रकम लैजानेको सङ्ख्या निकै न्यून रहेको प्राधिकरण भक्तपुर जिल्लाका प्रमुख ध्रुव गैडाले जानकारी दिनुभयो ।

सम्झौता गरेकामध्ये दोस्रो किस्ता लैजानेमा सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता लैजानेमा छ हजार ६८७ मात्रै रहेको उहाँको भनाइ छ । पहिलो किस्ताको सम्झौता गरेर रकम लैजानेमध्ये २१ हजार ६२१ भूकम्पपीडितले अझै तेस्रो किस्ताको रकम लिन आएका छैनन् । यसको अर्थ भूकम्पपीडितले अझै निजी आवास निर्माण गर्न नसक्दा थप रकम लिन नआएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरण भक्तपुरका प्रमुख गैडाका अनुसार कतिपय भूकम्पपीडितले आर्थिक अभावका कारण घर निर्माण गर्न नसक्दा दोस्रो र तेस्रो किस्ता लिन नआएका, कतिपयले नगरपालिकाको नक्सा पासमा सहज नहुँदा त्यही अलमलिएर बसेकाले नआएको, कतिपयले नक्सा पास नै नगरी घर निर्माण गरेका, कतिपयले आफ्नो स्वामित्वमा जग्गा नहुँदा र कतिपयले बहुस्वामित्वमा रहेकाले अनुदान लिन नआएको पाइएको बताउनुभयो ।

बहुस्वामित्व, गुठीजस्ता समस्याको भने प्राधिकरणले समाधन गर्दै अनुदान दिने नीति बनाएर पनि कतिपयले यसबारे जानकारी नै नपाउँदासमेत भूकम्पपीडित अलमलिएको गुनासो बढेको छ । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा कूल सात हजार ६२२, चाँगुनारायण नगरपालिकामा १० हजार ९३७, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही गरी कूल २८ हजार ३०८ लाभग्राही सूचीकृत भएका छन् ।

पहिलो किस्ता लैजानेमध्ये भक्तपुर नगरपालिकामा पाँच हजार ५९६, चाँगुनारायण नगरपालिकामा नौ हजार ६८०, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३३३ र सूर्यविनायक नगरपालिकामा सात हजार ४१६ लाभग्राही रहेको प्राधिकरणका इञ्जिनीयर भोजराज भट्टले जानकारी दिनुभयो ।

दोस्रो किस्ता सम्झौता गरी रकम लैजानेमध्ये भक्तपुर नगरपालिकामा एक हजार ५२८, चाँगुनारायण नगरपालिकामा दुई हजार ७५८, मध्यपुरथिमि नगरपालिकामा ६०४ र सूर्यविनायक नगरपालिकामा दुई हजार २५२ लाभग्राही गरी कूल सात हजार १४२ भूकम्पपीडित रहेका छन् भने तेस्रो किस्ता सम्झौता गरेर अनुदान लैजाने भूकम्पपीडितमध्ये भक्तपुर नगरपालिकामा एक हजार ३५४, चाँगुनारायण नगरपालिकामा दुई हजार ६२४, मध्यपुरथिमि नगरपालिकामा ५६७ र सूर्यविनायक नगरपालिकामा दुई हजार १४१ गरी कूल छ हजार ६८७ रहेका छन् ।

त्यस्तै प्रवलीकरणतर्फ थप सर्वे तथा पुनः जाँचबाट थपिएका ४१४ गरी प्रवलीकरण वर्गमा परेका थप लाभग्राही ६९४ रहेकोमा अनुदान रकमको प्रथम किस्ता प्राप्त गर्ने २७७ लाभग्राही मात्रै रहेको इञ्जिनीयर भट्टले जानकारी दिनुभयो । समयमै निजी आवास निर्माण गर्न भूकम्पपीडितलाई पटकपटक आग्रह गरिएको र गाउँगाउँमा गएर यसबारे जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com