ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरको राजश्व सङ्कलनमा दोब्बरले वृद्धि


admin
माघ १३, २०७५ आईतबार   ३ : ३२   बजे

 रत्ननगर, १३ माघ । भरतपुर महानगरपालिकाले चालू आवको छ महीनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ ।

गत आवको शुरुको छ महीनामा रु ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिनुभयो ।

व्यवसाय करमा भएको वृद्धि र बजार अनुगमनलाई निरन्तरता दिएका कारण राजश्वमा भारी वृद्धि भएको महानगरले जनाएको छ ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकाले सम्पत्ति करबाट रु चार करोड २१ लाख ५९ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ६७ लाख ९८ हजार, नक्सापास दस्तुरबापत रु तीन करोड ३९ लाख २३ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु तीन करोड १५ लाख ९६ हजार र व्यवसाय रजिष्टे«शन दस्तुरबाट रु दुई करोड ६० लाख दुई हजार राजश्व सङ्लन गरेको छ ।

महानगरपालिकाले आन्तरिक अयाबाट रु ५५ करोड ४८ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार छ महीनाको अवधिमा सङ्कलन भएको राजश्वको तुलनामा कम देखिए पनि वार्षिक लक्ष्य भने पूरा हुनेछ ।

आर्थिक मसान्तको पहिलो तीन महीनामा सम्पत्ती करबाट बढी राजश्व असूली हुने भएकाले लक्ष्य सजिलै भेटाउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group