पार्वतीपुर, १३ माघ । कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री राम कुमारी चौधरीबाट प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई तरकारी जोनको फिल्ड अनुगमन गरिएको छ। राज्य मन्त्री चौधरीले किसानहरुसँग जोनको गतिविधिको बारेमा सकरात्मक रुपमा लिने बताए ।
किसानहरुको तरकारी बालीको अनुगमन गदै मन्त्री चौधरीले जोनमा सुचीकृत किसान दिपक गुरुङको तरकारी खेती अवलोकन गरेका हुन ।किसान गुरुङ ठूलो क्षेत्रमा अरुको जग्गा भाडामा लिएर खेती गदै उचित मूल्य नपाएर जोताउन परेको दुखोसो छ । “बाझो रहेको जमिनमा खेती गरेको छु आज छोड वा भोली छोड भन्लान् ।
” जवाफमा मन्त्री चौधरीले जग्गा बाझो राख्नेलाई सरकारले कारबाही गर्ने गरि संविधान संशोधन गर्न लागेको बताए । किसानको मूख्य समस्या बजारीकरण नहुनु नै हो सरकारले काम अगाडी बढाउदै छ ।” उनले भने , परियोजनको नाम ठूलो तर बजेटको परिधि नै कम भएकाले सवै कृषकका चाहाना पुरा गर्न नसकिएको जोनकी संचालक समिति संयोजक बालिका गिरीले तरकारी उत्पादन गरेर पनि कृषकले उपयुक्त मूल्य पाउन नसक्ने समस्यालाई निरुत्साहित गर्न पनि कार्यलयले कृषकहरुलाई आवश्यक सहजीकरण र सुझाव दिनुपर्ने ,कार्यालयका प्रमुख एवम् बरिष्ठ कृषि अधिकृत भरतवहादुर आचार्यले जानकारि दिए ।
किसानलाई अफ सिजनका तरकारी उत्पादन गर्न , आधुनिक मेशिन औजारको प्रयोग गने गरि लागत कम गर्न, आधुनिक पद्धतीले तरकारीको उत्पादन गर्न प्रेरित गर्छौ”–आचार्यको भनाई छ । व्यवसायिक तरकारी उत्पादनमा जमिनको खण्डीकरण र जनशक्ति लोपहुदै जानू मुख्य चुनौतीका रुपमा जालो झै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्