ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड


admin
माघ ११, २०७५ शुक्रबार  ४ : ४० बजे

गलकोट, ११ माघ । बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।

दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । दूध तथा फलफूलजन्य उत्पादनका हिसाबले बिहुँ अत्यन्तै महत्वपूर्र्ण क्षेत्र हो । यस वर्ष मात्रै यहाँका कृषकले रु एक करोड ३५ लाख नौ हजार २०० मूल्य बराबरको दूध बेचेका छन् ।

त्यस्तै बिहुँमा सुन्तला र कागतीको बिक्रीबाट रु एक करोड ५० लाख ३० हजार २५०, केरा खेतीबाट रु आठ लाख ९५ हजार २००, अम्बा बेचेर रु ७५ हजार ३५०, कुखुरा पालनबाट रु पाँच लाख २० हजार १५० तथा अन्य अन्न बालीबाट रु तीन लाख ९० हजार भित्रिएको वडा कार्यालयले जनाएको छ ।

ब्राह्मण र दलित समुदायको बाहुल्य रहेको यस वडावासीको मुख्य आम्दानीको स्रोत कृषि पेशा नै रहेको छ । स्थानीय तहले पनि यस वडालाई कृषि क्षेत्रबाटै विकास गर्ने लक्ष्य लिएको छ ।

समुद्री सतहदेखि एक हजार २५ मिटरदेखि एक हजार ७९० मिटर उचाइमा खेतीयोग्य जमीन रहेको यस क्षेत्रमा दुई हजार १०० मिटर उचाइसम्म वन क्षेत्र फैलिएको छ ।

“कृषि पेशाकै माध्यमबाट यस वडालाई समुन्नत बनाउने योजना आगाडि बढाएका छौँ,” अध्यक्ष कँडेलले भन्नुभयो, “किसानलाई व्यावसायिक कृषिखेती गर्नका लागि विभिन्न अनुदानका कार्यक्रमसहित अगाडि बढेका छौं ।”

वडा कार्यालयले कृषि प्रोफाइल तयार गरेर उचाइ तथा मोहोडा, माटो, भू–बनोट तथा हावापानीको हिसाबले कुन ठाउँमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनेर किसानलाई मार्गदर्शन समेत गरेको छ ।

वडा कार्यालयले यस क्षेत्रका किसानलाई भूगोलका हिसाबले उपयुक्त मानिएको व्यावासायिक रुपमा सुन्तला, कागती, अम्बा, केरा, अलैँची, कफी र अम्रिसो लगाउन सिफारिस गरेको छ ।

परम्परागत तरिकाले खेती गर्दा जीविकोपार्जन गर्न मुस्किल भएको भन्दै वडाध्यक्ष कँडेलले युवाको बढ्दो विदेश पलाएन रोकी बाँझो जमीनलाई उर्वरभूमिमा रुपान्तरण गरेर सिङ्गो वडालाई नै समृद्ध बनाउने योजना रहेको बताउनुभयो ।

वडा कार्यालयले कृषकलाई वर्गीकरण समेत गरेको छ । वडा कार्यालयमा सूचीकृत भएका ४७६ कृषकमध्ये २६८ सीमान्तकृत, १८१ निर्वाहमुखी, १९ साना कृषक, चार व्यवसायतर्फ उन्नमुख कृषक र चार सौखिन कृषक रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

निर्वाचन ११ दिन बाँकी : ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com