ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च तीन जनप्रतिनिधि


abc


गलेश्वर, ७ माघ ।  विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।

यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौँ रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्रका विद्यालय, सडक, असहाय बालबालिका, गरीब, विपन्न, शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई सहयोग गरेर सबैको मन जित्न सफल भएका छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयलाई भवन निर्माणका लागि जग्गा किन्दा लागेको रु तीन लाख ५० हजार ऋण तिरिदिनुभएको छ । त्यसका साथै जन्म दिएकी आमाले छोडेर अर्को विवाह गरेपछि असहाय बनेका हिदीका तीन जना बालबालिकाको माध्यमिक तहसम्मको शिक्षाको जिम्मासमेत लिनुभएको छ । आमाले छोडेर गएपछि असहाय बनेका हिदीका रेखा किसान, कर्ण किसान र बेलबहादुर किसानका शैक्षिक अभिभावक बन्नुभएका रोकाले उनीहरुलाई मासिकरुपमा प्रतिव्यक्ति रु पाँच हजार गरी रु १५ हजार खर्च व्यहोर्दै आउनुभएको हिदीका रामबहादुर किसानले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली काङ्ग्रेसबाट निर्वाचित रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रु ४० लाखभन्दा बढीको लगानीमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सडक निर्माण गरेर उदाहरणीय बन्नुभएको छ । निर्वाचनताका आफूले जनतासँग गरेका प्रतिबद्धता सरकारी रकमबाट मात्र पूरा हुने सम्भावना नभएपछि आफ्नो व्यक्तिगत लगानीमा आफूले गरेका प्रतिबद्धता यो २२ महीनाको अवधिमा पूरा गरेको उहाँको भनाइ रहेको छ ।

भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन् । आफूले पाउने पारिश्रमिकबाट गाउँपालिकाभित्रका गरीब, असक्त, असहाय, बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर भण्डारीले सबैको मन जित्न सफल हुनुभएको छ ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको शैक्षिक र सूचना प्रविधिका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गर्ने गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्ष भएबापत आफूले पाउने पारिश्रमिक एक रुपैयाँ पनि आफ्नो निजी खर्चका लागि प्रयोग नगर्ने सङ्कल्प गर्नुभएका अध्यक्ष पुनले अक्षयकोष नै स्थापना गरेर गाउँपालकाभित्रका विद्यालयको गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण, बालशिक्षा पढाउने शिक्षिकाको तलब, टेली एजुकेशन, सूचना प्रविधि र गरीब तथा असहाय बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गर्नुभएको गाउँपालिकाको वडा नं ६ घारका वडाध्यक्ष कृष्णबहादुर बरुवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निहारिकालाई भेटेपछि बालेनको प्रश्न– बच्चाको डिएनए टेस्ट गरिदे भन्दा जल्न तयार हुनुपर्ने ?

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन्। उनले शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्।

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

सम्बन्धित

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

मुग्लिन नजिकै त्रिशूलीमा ट्रक खस्यो

गडरीया दम्पतीको हत्यामा अर्का युवापनि सामेल भएको खुलास

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

छोरीको प्रेमीलाई घरमै बोलाएर बाबुले गरे कुटपिट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...