ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक शौचालय निर्माण अन्योलमा


admin
माघ ६, २०७५ आईतबार  २ : ५९ बजे

काठमाडौं,६ माघ । काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।

झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम शुरु गर्न अझै केही समय लाग्नेछ ।

अहिले महानगरले सार्वजनिक शौचालय निर्माण गर्न आवश्यक ठाउँ र बनाउन सकिने नसकिने विषयको अध्ययन थालेको छ । सो अध्ययनका आधारमा काम अघि बढ्ने प्रवक्ता उहाँले जानकारी दिनुभयो ।

अहिले महानगरका केही स्थानमा सार्वजनिक शौचालय रहेपनि ति अत्यन्तै फोहर र दुर्गन्धित छन् ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले शौचालय निर्माणकै लागि गत वैशाखमा सबै वडालाई सार्वजनिक स्थान पहिचान गर्न निर्देशन दिनुभएको थियो ।

प्रवक्ता डङ्गोलले भन्नुभयो, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।”

वडाबाट सिफारिस आएपछि मात्र महानगरले लागतसहितको डिजाइन तयार गर्नेछ । निर्माणका लागि लागत सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने महानगरको प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

बसबाट खसेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

रास्वापाले चुनाव भाँड्न खोज्यो :एमाले

आज उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा छिटपुट वर्षा र हिमपातको सम्भावना

संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

मनहरीमा यात्रुबाहक बस दुर्घटना, २२ जना घाइते

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com