ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रम स्वीकृत


एबीसी न्यूज

काठमाडौं , ४ माघ ।  दैलेख जिल्ला भैरबी गाउँपालिकाद्वारा अगाडी सारिएको सामुदायिक ग्रामीण विद्युतिकरण साझेदारी कार्यक्रमलाई नेपाल बिधुत प्राधिकरण काठमाडौंले स्वीकृत गरेको छ ।
उक्त कार्यक्रम स्वीकृत भएसङ्गै चालू आर्थिक बर्स २०७५/०७६ मा भैरबी गाउँपालिकामा रु १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ बराबरको बिधुतिकरण कार्य सम्पन्न हुने भएको छ । नेपाल बिधुत प्राधिकरण सामुदायिक ग्रामीण बिधुतिकरण नियमावली २०७१ मा कुनैपनी स्थानीय तहले बिधुतिकरणका लागि १० प्रतिशत रकम बिनियोजन सहित आबश्यक अन्य प्रक्रिया समेत पूरा गरि माग राखेमा बाकी ९० प्रतिशत रकम नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराउने उल्लेख छ ।
यसै अनुरुप भैरबी गाउँपालिकाको तर्फबाट बिनियोजित रु १ करोड ३ लाख १४ हजार ७ सय ९३ र नेपाल सरकारको तर्फबाट प्राप्त रकमसहित गरि जम्म १० करोड ३१ लाख ४७ हजार ९ सय ३१ को लगानिमा उक्त गाउँपालिकामा बिधुतिकरणको कार्यक्रम अगाडी बढाइने गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिनुभयो । सो कार्यक्रम स्वीकृत हुनेमा नेपालका ७ सय ५३ स्थानीय तहमध्य भैरबी गाउँपालिका पहिलो रहेको पनि उहाले बताउनु भयो । यसरी आबश्यक प्रक्रिया पूरा गरि पहिलो पटक कार्यक्रम स्वीकृत गराइ बिधुतिकरणको काम अगाडी बढाएकोमा खुसी व्यक्त गर्दै सामुदायिक बिधुत उपभोक्ता महासँघका अध्यक्ष नारायण ज्ञवालिले मापदण्ड पूरा गरि आएमा अन्य स्थानीय तहहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बताउनु भयो ।
साथै भैरबी गाउँपालिकाबाट सुरु भएको यो कार्यक्रमले उज्यालो दैलेख अभियानको समेत सुरु भएको आफुले महशुस गरेको पनि उहाले बताउनु भयो । यसअघि गत पौष १८ गते बसेको भैरबी गाउँकार्यपालिकाको बैठकले सो कार्यक्रम संचालन गर्नका लागि गाउँपालिकाको तर्फबाट रु १ करोड रकम बिनियोजन गर्ने निर्णय सहित गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय बिधुत बितरक कार्यसमिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com