ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशासकीय अदालत गठन विधेयकमा सांसद र विज्ञको फरक मत


admin

काठमाडौं,२ माग । प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसद र विज्ञको फरक मत देखिएको छ ।

प्रशासकीय अदालत उच्च अदालतभित्रै एउटा इजलास गठन गर्ने भन्ने सरकारको प्रस्तावलाई राष्ट्रियसभाले पारित गरेको छ । तर विज्ञले सो विधेकमाथि छलफल गर्दा प्रशासकीय अदालत छुट्टै बनाउनुपर्ने सुझाव दिएका छन् ।

सो विधेयकमाथि विज्ञसँग छलफल गर्दा छुट्टै प्रशासकीय अदालत हुनुपर्ने सुझाव दिएका छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भन्नुभयो, “सरकारको प्रस्तावमा राष्ट्रियसभाले पारित गरेको सो विधेयकमाथि अदालत बाहिरका विज्ञहरुले छुट्टै प्रशासकीय अदालत हुनुपर्ने राय दिएका छन् ।”

न्यायालयको अभ्यासले पनि छुट्टै प्रशासकीय अदालत चाहिन्छ भनेको छ । सर्वोच्च अदालतको पूर्ण बैठकले प्रशासकीय अदालत छुट्टै गठन गर्नुपर्ने भनेर सरकारलाई सिफारिश गरेको थियो ।

त्यस्तै अदालत व्यवस्थापन समिति २०५५ र अदालत सुदृढ समिति–२०५८ ले पनि प्रशासकीय मुद्दा छुट्टै न्यायालय गठन गरेर हेर्नुपर्ने सुझाव दिएको थियो । तर सरकारले उच्च अदालतअन्तर्गत नै एउटा प्रशासकीय अदालत गठन गर्ने तरिकाले कानून निर्माण गर्न लागेको छ ।

लामो समयसम्म प्रशासकीय अदालतको जिम्मेवारी बहन गर्नुभएका प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको अनुभवमा कर्मचारीका विवाद निरुपण गर्न छुट्टै अदालत चाहिन्छ ।

“प्रशासकीय अदालत एउटा विशिष्टिकृत अदालत हो, यसले कर्मचारीको सरुवा, बढुवालगायतका विवादका कारण नियमित अदालतमा पर्न गएको बोझ कम गर्ने, न्याय सम्पादनमा सहयोग गर्ने र कर्मचारीलाई पनि छिटो न्यायमा सहयोग पु¥याउने काम गर्छ ।”

नेपालको संविधानको धारा १५२ ले नियमित अदालतबाहेक खास किसिम र प्रकृतिका मुद्दाको कारवाही र किनारा गर्न सङ्घीय कानूनबमोजिम विशिष्टिकृत अदालत, न्यायिक निकाय वा न्यायाधीकरणको स्थापना र गठन गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा सो विधेयकमाथि छलफल शुरु भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उच्च अदालतभित्र प्रशासकीय अदालत राखेमा आर्थिक भार कम हुने र भइरहेको न्यायाधीशबाट काम सम्पन्न हुने बताउनुभयो ।

“सातै प्रदेशका उच्च अदालतमा प्रशासकीय इजलास हुँदा प्रशासकीय मुद्दा हेर्न सहज हुन्छ, इजलासमा पनि एकरुपता हुन्छ”, उहाँले भन्नुभयो, “प्रशासकीय मुद्दाहरु धेरै हुँदा सर्वोच्च अदालतमा मुद्दाको चाप बढ्ने गरेको छ, त्यो इजलास गठन गरेमा धेरै मुद्दा आ–आफ्ना प्रदेशमै किनारा लाग्छन् ।”

पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङका अनुसार राष्ट्रियसभाले सर्वसम्मतरुपमा पारित भएर सरकारले अगाडि बढाएको विधेयक सहीरुपमा अगाडि बढेको बताउनुभयो । समितिका सभापति कृष्णभक्त पोखरेलले यस विधेयकमाथि विस्तृतरुपमा गहन छलफल गरेर मात्र समितिले पारित गर्ने जानकारी दिनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरियोस् भन्ने प्रस्तुत गर्नुभएको प्रस्तावलाई राष्ट्रियसभाको बैठकले गत असोज ११ गते बहुमतले पारित गरेको थियो । सो ऐनको नाम प्रशासकीय अदालत ऐन, २०७५ रहने विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रशासकीय अदालतको गठन 

प्रशासकीय अदालतमा अध्यक्ष र दुई सदस्य गरी तीन जना रहने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

उच्च अदालतको मुख्य न्यायाधीश भइरहेका वा हुने योग्यता पुगेका वा नेपाल न्याय सेवाका विशिष्ट श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका व्यक्तिमध्येबाट न्याय परिषद्को परामर्शमा नेपाल सरकारले तोकेको वा नियुक्त गरेको व्यक्ति अध्यक्ष हुनेछ, विधेयकमा भनिएको छ ।

न्याय सेवाको विशिष्ट श्रेणीको पदबाट कम्तीमा तीन वर्ष सेवा गरी निवृत्त वा कानूनमा स्नातकको उपाधि प्राप्त गरी कानून वा न्याय क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एक जना सदस्य रहने व्यवस्था विधेयकमा गरिएको छ ।

त्यस्तै, निजामती सेवाको विशिष्ट श्रेणीको पदमा कम्तीमा तीन वर्ष सेवा गरी निवृत्त वा कुनै विषयमा स्नातकको उपाधि प्राप्त गरी सार्वजनिक प्रशासनका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट नेपाल सरकारले नियुक्त गरेको एक जना सदस्य रहने व्यवस्था विधेयकमा छ ।

अदालतको निर्णय अन्तिम 

प्रशासकीय अदालतको निर्णय अन्तिम हुने व्यवस्था विधेयकमा गरिएको छ । अदालतको निर्णय वा अन्तिम आदेशमा गम्भीर संवैधानिक वा कानूनी त्रुटि भएमा र सर्वोच्च अदालतबाट स्थापित कानूनी सिद्धान्त वा नजिरको पालन नगरेको वा गलत किसिमले व्याख्या गरी प्रयोग गरेको भएमा बाहेक त्यस उपर पुनरावेदन लाग्ने छैन भनिएको छ ।

ती दुई विषयमा सर्वोच्च अदालतमा पुनरावेदन गर्नुपरेका अदालतबाट मुद्दामा निर्णय वा अन्तिम आदेश भएको थाहा पाएको मितिले ३५ दिनभित्र अदालतमार्फत वा सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अनुमतिका लागि निवेदन दिन सक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com