ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी


एबीसी न्यूज
पुस २९, २०७५ आईतबार  ९ : ०१ बजे

पोखरा, २९ पुस ।  पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट  चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी रु १०० दरको एक लाख ४९ हजार ३४५ वटा टिकट बिक्री गरी रु एक करोड ४९ लाख ३४ हजार ५०० आम्दानी भएको थियो ।

विभिन्न तीन किसिमका रु ५० को टिकटबाट रु एक करोड ३६ लाख ४६ हजार २००, रु ३५ बाट रु ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ लाख १३ हजार ४४० र रु १० को टिकटबाट रु ६१ हजार ६० आर्थिक सङ्कलन भएको हो ।

त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि रु १० को टिकटबाट रु नौ लाख ४८ हजार ७३० आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो आँैल्याउनुभयो । मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उहाँले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com