
काठमाडौं, २३ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताए ।
अनुमानका भरमा संसदीय उपसमितिले अनुमानका भरमा आरोप लगाएको सोमबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी बताएका हुन ।
मन्त्री अधिकारीले यस विषयमा आफूले पछिल्लो दुई किस्ताको रकममात्र निकासा गरिदिएको पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनको सुरूमा मन्त्री अधिकारीले आफूले पद सम्हालेयता भएका कामको बारे चर्चा गरेका थिए। त्यसपछि वाइड बडी खरिद गर्न विभिन्न समयमा भएका निर्णय र पक्रियाबारे जानकारी गराएका छन् । ‘मैले किस्ता रोकेको भए सरकारले दिएको ९ अर्ब जोखिममा पर्न सक्थ्यो , त्यसको जिम्मेवार को हुन्थ्यो,’ उनले भने, ‘सर्वोच्च अदालतको आदेशबमोजिम पनि मैले किस्ता रोक्न सक्ने आधार थिएन।’ मन्त्री अधिकारीले पत्रकार सम्मेलनमा भने ।
यसअघि संसदको सार्वजनिक लेखा समितिले बनाएको वाइड बडी छानबिन उपसमितिले खरिदमा ४ अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनमा पूर्वपर्यटन मन्त्रीहरू जीवनबहादुर शाही र जीतेन्द्र देवलाई नैतिक दोषी र मन्त्री अधिकारी दोषी बनाइएको छ।
उपसमितिले बुधबार प्रतिवेदन दिएपछि सरकार बिहीबार उच्चस्तरीय छानबिन आयोग बनाएको थियो।







प्रतिक्रिया दिनुहोस्