
काठमाडौं , २३ पुस । काठमाडौं उपत्यकामा आज बिहानैबाट मौसममा बदली देखिएको छ । काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत सुरू भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित मध्यमाञ्चलका विभिन्न क्षेत्रमा बिहानैबाट वर्षा हुने र दिनभर नै मौसममा बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिपायल, सुर्खेत लगायत आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ ।
देशका केही उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात भएको छ । हिमपात सुरु भएसगै उच्च पहाडी क्षेत्रमा चिसोले जनजीवन कष्टकर बन्दै गएको ।
राति देशको पश्चिमी भू–भागमा आंशिक बदली तथा मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली हुनेछ । मध्य तथा पूर्वी भू–भागका केही स्थानमा भने राति सामान्य वर्षा हुने सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्