बुटवल, २२ पुस,
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आफुसंग २ तिहाई मत भएको भन्दै जनताको कुरा सुन्न छाडे परिस्थिती कम्युनिष्ट पार्टीको हातबाट गुम्न सम्क्ने बताउनुभएको छ ।
पत्रकार कर्णबहादुर कार्कीले सम्पादन गर्नुभएको लोक समिक्षा पाक्षिक पत्रिकाको आज बुटवलमा लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले अकल्पनिय रुपमा पुरानो सत्ता ढलेका बेला जनमतलाई प्रतिगमनका हिमायतीहरुले भ्रम सिर्जना गरिरहेको बताउनुभयो । जनताको मतलाई सुरक्षागर्न सकिएन र जनताको कुरा सुनिएन भने परिस्थिती आफ्नो हातबाट फुत्कन बेर नलाग्ने प्रचण्डले चेतावनी दिनुभयो ।
बिश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेका बेला नेपाली कम्युनिष्ट आन्दोलनले बिश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने अवसर पाएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले नयां परिस्थिती र नयां बाटोबाट नेपाली कम्युनिष्टहरु समाजबादको बाटोमा अगाडी बढीरहेको स्पष्ट पार्नुभयो ।
उहांले दांयाबांया र देश भित्र र बाहरिबाट नेकपाका बिषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रयास भै रहेको भन्दै पार्टीले क्रान्तीको ऐतिहासिक महत्वलाई जनतामा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै लोक अभियानका सम्पादक पत्रकार कर्णबहादुर कार्कीले पत्रकारहरुले सधैं प्रतिपक्षको भुमिका निभाउनुपर्ने बताउनुभयो ।
पंचायत र बिभिन्न संघर्षका बेला सक्रिय पत्रकारीता गरेका कार्की बिगत १ दशक देखि रिसोर्ट संचालन गरेर बस्नुभएको थियो । कार्यक्रममा कार्कीले प्रचण्डकै आग्रहमा आफु पुन पत्रकारीतामा आएको बताउनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्