
काठमाडौँ , २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । आइतबार दिउँसो १ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवलयले जानकारी दिएको छ । यस्तै संसद सचिवालयले पनि सम्बोधनको तयारी भएको बताएको छ ।
प्रधानमन्त्री ओलीले गएको बिहीबार नै संसदमा सम्बोधन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर कार्यव्यस्तता भन्दै ओलीको सम्बोधन स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले कार्यव्यस्थता भने पनि वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारकाण्ड तथा फौजदारी अभियोग लागेका रेशम चौधरीको सांसद शपथको चेपुवामा परेका कारण संसदलाई गर्ने भनिएको आफ्नो सम्बोधन टालेका थिए ।







प्रतिक्रिया दिनुहोस्