
काठमाडौं,१९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रतिनिधिसभाको बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ । वाइडबडी खरिद अनियमितता, निर्मला पन्त प्रकरण लगायतका विषयमा सरकार आलोचित भएपछि प्रधानमन्त्री ओलीले आज संसदमा संशोधन गर्न लाग्नु भएको हो ।
लेखा समितिको उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रविन्द्र अधिकारीको समेत संलग्नता भएको छानबिन प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री ओलीले भ्रष्टचार न्यूनिकरणका लागि सरकारी प्रतिवद्धता व्यक्त गर्ने तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जारी अधिवेशनको पहिलो बैठकमा नै शीर्ष नेताहरुले कञ्चनपुरकी बालिका निर्मलाको हत्या अनुसन्धानमा प्रश्न उठाउँदै सरकार र प्रहरी प्रशासनको आलोचना गरेका थिए ।
यसैबीच, आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, पारमाणिक विधेयक लगायत विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।







प्रतिक्रिया दिनुहोस्