ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईडवडी खरिद प्रकरण : पर्यटनमन्त्री अधिकारी समेत परे कारवाही सिफारिसमा


admin

काठमाडौं,१८ पुस । सार्वजनिक लेखा समिति अन्र्तगतको उपसमितिले वाईड वडि खरिदमा दोषि देखिएको भन्दै बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित २ पुर्व मन्त्री, २ वहालवाला र १ पुर्व सचिव र निगमका महाप्रबन्धकलाई कारवाही गर्न सिफारिस गरेको छ ।

उपसमितिले वाईडवडी विमान खरिद गर्दा सरकारलाई ४ अरब ३५ करोड ५६ लाख नोक्सानी भएको देखिएको भन्दै सो प्रकरणमा दोषि देखिएका सबैलाई हदै सम्मको कारवाहीको सिफारिस गरेको हो । उपसमितिले नोक्सानीको रकम बढ्न सक्ने संभावना रहेको पनि जनाएको छ ।

उपसमितिले तात्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, जितेन्द्र नारायण देव र हालका मन्त्री रविन्द्र अधिकारीलाई वार्डड वडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचारमा संलग्न रहेको भन्दै कानुनसम्मत कारवाही गर्न सिफारिस गरेको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को विपरित अनियमित तरिकाले विमान खरिद कारवाही अगाडि बढ्दा पनि संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव नै वायु सेवा निगमको अध्यक्ष रहँदा यथेष्ठ सर्तकता नअपनाई निर्देशन दिन नसकेको र बैना रकम सटही सुविधा प्रदान गर्न तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री शाहीले निर्णय गरेको यसमा मन्त्रीको हैसियतले सर्तकता नअपनाएको र रोक्नलाई निर्देशन नदिएको देखिएकाले नैतिक जिम्मेवारी लिदै कानुनसम्मत कारवाहीको सिफारिस गरिएको छ ।

त्यस्तै, तात्कालिन पर्यटन मन्त्री जितेन्द्र नारायण देवले हाई फ्लाई एक्स आयरल्याण्ड कम्पनीसंग जहाज खरिदका लागि कानुन विपरित सम्झौता भएको कुरा नजरअन्दाज गरि पहिलो किस्ता वापतको रकम भुक्तानी र सटही सुविधा दिने सचिव स्तरीय निर्णय गरेको देखिन आएकोले दोषी ठहर गरेको छ ।

वहालवाला मन्त्री अधिकारीले विमान खरिद प्रक्रिया कानुन सम्मत नदेखिएको स्पष्ट हुदा हुदै सोको छानविन नगरि जानी जानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको तथा भुक्तानी नदिएको भन्दै गलत विवरण दिएको भन्दै कानुन बमोजिम कारवाहीको सिफारिस गरिएको छ ।

त्यसैगरी उपसमितिले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वद्नीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारीको दुरुपयोग गरि भ्रष्टाचार गरेको देखिन आएको भन्दै तत्काल निलम्बन गरि हदै सम्मको दण्डसँजाय गर्न नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन भनेको छ ।

उपसमितिले वायुसेवा निगमको संचालक समितिका तात्कालिन अध्यक्ष रहेका पर्यटन सचिव प्रेम कुमार राई, पर्यटन सचिव शंकर अधिकारी र कृष्ण प्रसाद देवकोटालाई कारवाहीको सिफारिस गरेको छ ।

सचिव राई हाल गृहमन्त्रालयमा सचिव हुनुहुन्छ । शंकर अधिकारीले सचिवबाट अवकाश पाईसक्नुभएको छ । अर्का सचिव कृष्ण प्रसाद देवकोटा वहालवाला पर्यटन सचिव हुनुहुन्छ ।

उपसमितिले विमान निरीक्षणका नाममा झण्डै १ करोड रुपैया बराबरको नोक्सानी भएको भन्दै निरिक्षण टोलीमा संलग्न ३८ जनाबाट क्षतिपूर्ति भराउन सिफारिस गरेको छ । निरीक्षण टोलीमा रहेका अधिकांश प्राविधिक ज्ञान नभएका संलग्न भएको पुष्टी भएको पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

उपसमितिले सरकार जमानत बसी खरिद गरिएको दुई वाईडवडी विमान खरीद प्रक्रियाको सम्बन्धमा महालेखा परीक्षकको ५५ औ प्रतिवेदन २०७४ ले कानुन सम्मत नदेखिएको र खरिद प्रक्रियामा त्रुटी औल्याएको तथा ऋण तथा जमानत ऐन २०२५ र सार्वज्निक खरिद ऐन २०६३ विपरित भएको ठहर गरेको छ ।

त्यसैगरी नेपाल वायुसेवानिगमको आर्थिक विनियमावली २०६५ को पनि उलंघन भएको ठहर उपसमितिले गरेको छ । उपसमितिले बुधबार वाईडवडी विमान खरिदमा संलग्न सबैलाई कारवाही सिफारिस गरेको प्रतिवेदन समितिलाई बुझाएको हो ।

वाईड वडी विमान खरिद प्रकरणबारे छाननविन गर्न समितिले गत मंसिर २६ गते राजेन्द्र कुमार केसीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com