ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको प्रज्ञा भवनमा बालबालिकासँग प्रधानमन्त्री ओली


admin

काठमाडौं,१७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ ।

प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो ।

त्यस क्रममा प्रधानमन्त्री उहाँले नयाँ पुस्ता बहुतै ‘ट्यालेन्ट’ रहेको बताउनु भयो । नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिनु भएको हो ।

उहाँले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकाहरुलाई हतोत्साही हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसमा क्रममा सुधार गर्दै लैजाने योजना पनि बालबालिकालाई सुनाउनु भयो ।

प्रधानमन्त्री ओलीले मातृभाषा, राष्ट्रिय भाषा र अन्तराष्ट्रिय भाषाको रुपमा रहेको अंग्रेजी भाषालाई उत्तिकै महत्व दिन पनि बालबालिकालाई आग्रह गर्नु भयो ।

बालबालिकाहरुले नेपाली भाषालाई छोडेर सरकारले अंग्रेजी भाषालाई मात्रै महत्व दिएको हो (?) भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले त्यसको जवाफमा अंग्रेजी भाषाको पनि उत्तिकै महत्व रहेको स्पष्ट पार्नु भयो ।

आधुनिक ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याउन पनि अंग्रेजी भाषा आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भातृ भाषा र राष्ट्रिय भाषा हामी सबैलाई प्यारो लाग्ने उल्लेख गर्दै अंग्रेजी भाषाको पनि आवश्यक्ता झनै बढेर गएको बताउनु भयो ।

विभिन्न देशमा गुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा पनि जोड दिनु परेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामूदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com