
काठमाडौं,१७ पुस । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधिश जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संसदीय विधि र प्रक्रिया पूरा गरी प्रधानन्यायाधिशमा प्रस्तावित जबराको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानन्यायाधिश ओमप्रकाश मिश्र आजैबाट अवकाश लिँदै हुनुहुन्छ । बैठकमा जबराले समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सेवाग्राहीको न्याय पाउने अधिकार मर्न नदिने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले न्यायालयलाई समक्ष बनाउने, गौरवशाली न्यायालयको रुपमा विकास गर्ने गरी आफूले कार्ययोजना बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढने योजना पनि समितिलाई जानकारी गराउनु भयो ।
प्रस्तावित प्रधानन्यायाधिश जबराले न्यायमा सबैको पहँच पु¥याउन लागि पर्ने पनि बताउनु भयो । उहाँले न्यायालयमा सबैको पहुँच पु¥याउन सरकार र संघीय संसदसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
न्यायालयको आदेशप्रति गुनासा आउने गरेको स्विकार गर्दै जबराले त्यस्ता गुनासा आगामी दिनमा आउन नदिन आफू सचेत रहेको पनि बताउनु भयो ।
जबराविरुद्ध ९ वटा उजुरी समितिमा परेको थियो । ती सबै उजुरीलाई आफूले सहर्ष स्विकार गरेको उल्लेख गर्दै जबराले आगामी दिनमा त्यस्ता उजुरी खण्डन हुने गरी कामै गरेर देखाउने दृढता पनि व्यक्त गर्नु भयो ।







प्रतिक्रिया दिनुहोस्