ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयको टहराबाटै गाउँपालिकाको कामकाज


admin
पुस १७, २०७५ मंगलबार  ११ : ४२ बजे

खोटाङ, १७ पुस । एउटा लामो टहरा , टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ ।

देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । यहाँको एउटा स्थानीय तह टहरामा सञ्चालित छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुरदक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहरामा सञ्चालन गरिँदै आएको छ ।

स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटा कोठा भएको उक्त टहराभित्र दर्ता चलानी शाखादेखि लिएर गाउँपालिका अध्यक्ष बस्नेसम्मको ठाउँ लहरै छ । धुलोमाटोको कक्षाकोठामा केटाकेटीलाई शिक्षकले पढाइरहेको अवस्थाभन्दा पनि नाजुक छ गाउँपालिकाको अवस्था ।

एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य अन्य कर्मचारी बसिसकेपछि मात्रै बाँकी रहेको कुर्सीमा बस्ने गर्छन् । “ठाउँ अभावले बेञ्चमा बस्नुपर्ने बाध्यता छ,” गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रूपमा विद्यालयले दिएको टहराबाट सेवा प्रवाह गरिरहेका छौँ । चाँडै व्यवस्थित भवन बनाउने योजना छ ।” हाल एउटै कोठाबाट सबै काम गर्न असहज भइरहेको उहाँको भनाइ छ ।

उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज हुने गरेको बताउनुभयो । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको अधिकृत भुजेलले बताउनुभयो ।

सेवाग्राहीका लागि एउटै कोठामा गाउँपालिकाको सबै काम भए पनि कर्मचारीका लागि असहज भएको छ । “यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिँदैछ,” भुजेलले भन्नुभयो । भवनका लागि सर्वेक्षण र डिजाइनको काम भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com