
काठमाडौं,१६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले यस्तो बताएका हुन। अध्यक्षले भने, ‘हामी नयाँ बाटोमा भएपनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन ।
उद्देश्य प्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नु पर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्र शिखरमा पुगिन्छ । राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’
अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताए ।
प्राप्त उपलब्धी सानो र सजिलो गरी नभई हजारौको बलिदानबाट भएको उनको भनाई थियो । अध्यक्षले भने ‘समाजवादको यात्रा महान् गम्भीर र लामो यात्रा हो । यसका लागि व्यापक एकताको खाँचो पर्छ । हिजो जुन सपना देखेर हामी हिँडेका थियौं ति सबै शक्ति एकपल्ट एकजुट हुन जरुरी छ । तपाईहरु आउनुभएको छ, एउटा ईंटा थप्ने काम भएको छ ।’
कार्यक्रममा विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जना नेता तथा कार्यकर्ताहरुलाई अध्यक्षले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराएको थिए ।
पार्टी प्रवेश गर्दै सचिवालय सदस्य राईले अध्यक्ष प्रचण्डको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वास सहित पार्टीमा प्रवेश गरेको बताए ।







प्रतिक्रिया दिनुहोस्