
काठमाडौैं,१६पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिले हिजो पनि टुंगाउन सकेन ।
राणामाथि परेका उजुरीमाथि समितिका सदस्यहरुले जवाफ माग्ने माग र राणाले जवाफ दिने काम हिजो नसिकएकोले मंगबारसंम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताएका छन् ।
सभापति कर्णले राणाबारेको छलफल सोमबार नै टुंग्याउन प्रस्ताव गरेपनि कांग्रेसका सांसदहरुको कार्यव्यस्थताको कारण मंगलबार बिहान ११ बजे बैठक बस्ने भएको हो ।
संसदीय सुनुवाई विशेष समितिको आइतबारको बैठकमा राणाले आफनो अवराधरणा र कार्ययोजना पेश गरेका थिए । अवधारणापत्रमा आन्तरिक तथा बाहय रुपमा अदालतभित्र हुने भ्रष्टाचार, विचौलिया निर्मुलन, स्वच्छ न्यायपलिकोको लागि प्रतिवद्धता जनाएका छन ।
समितिको बैठकमा सांसद शिवकुमारर मण्डलले राणाको अदालतमा प्रवेश नै ब्ल्याकमेलबाट भएको भन्ने आरोप लगाएका थिए भने जुवातास कानुनी अपराध भएपनि मनोरञ्जन र बौद्धिक खेल भएको भनेर फैसला गरेको, इजलाश बहिस्कार गरेको, पूर्व राजाको सम्पत्ति नेपाल ट्रस्टमा आएपनि पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरीलाई दाइजो भन्दै फैसलाको प्रश्नको जवाफ मागेका थिए ।
यस्तै संसद जिजेन्द्र देवले न्यायलयमा हुने भष्ट्रचारलाई शुन्य सहशिलता, न्याय सम्पादनलाई छिटो छरितोबनाउन न्यायलय स्वच्छ बनाउन इमान्दारिताको आवश्यकता रहेको बताएका छन् ।
यस्तै संसद ज्ञानेद्र कार्कीले राणा ४ वर्षको लागि प्रधानन्यायधिस हुन लागेको भन्दै राणाको लागि अवसर र चुनौती दुबै रहेकाले मुद्दा मामिलामा न्यायचित गर्न आवश्यक रहेको बताएका छन् ।
हजोको सुनुवाई समितिमा गरिब तथा दिन दुखी न्यायपालिका सम्म पुग्न नसकेको भन्दै बिपन्न वर्गको पहुच आवश्यक रहेको बताएका थिए । अझै पनि न्यायलयको कामले जनबिश्वास दिलाउन नसकको भन्दै न्यायलयमाथि प्रश्न चिन्ह खडा भएको सांससदहरुको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्