
काठमाडौं,१५पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने बचन दिएका छन् । ओलीले ‘अन्तरराष्ट्रिय अनुसन्धानकर्तालाई बोलाएर भए पनि हत्यारा पत्ता लगाउने नेकपाको स्थायी कमिटी बैठकसमक्ष यस्तो बचन दिएका हुन् ।
गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अहिलेसम्म पनि नेपाल प्रहरीले सकेको छैन् ।
‘प्रधानमन्त्री ओलीले निर्मला हत्याप्रकरणबारे गम्भीरताका साथ कुरा राख्नुभएको नेता योगेश भट्टराईले बताएका छन ।
’नेकपाको बैठकमा निर्मला पन्तको घटनालाई लिएर गृह प्रशासनको क्षमतामाथि प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले यसलाई गम्भीरतापूर्व लिएको नेता भट्टराईले जानकारी दिएका हुन ।







प्रतिक्रिया दिनुहोस्