
काठमाडौं,१४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई अघि बढाउन लागि परेको उल्लेख गर्दै निराश नहुन सबैलाई आह्वान गर्नुभयो । उहाँले चालू आर्थिक वर्ष भित्र मुलुकमा असाधारण आर्थिक वृद्धि गर्ने घोषणा गर्नुभयो ।कृषिमा नौं प्रतिशत आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष भित्र गर्ने प्रधानमन्त्री ओलीको महत्वकांक्षी योजना छ ।
शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्सार नाकाहरुबाट आयात घटन सुरु गरेको र राजस्व तीन गुणाले वृद्धि भएको उल्लेख गर्दै यसले असाधारण आर्थिक वृद्धिदरको संकेत दिएको स्पष्ट पार्नुभयो ।







प्रतिक्रिया दिनुहोस्