ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२००७ साल भाइटीकाको दिन ११ बजे राती जहानियाँ राणा शासनअन्त्यको दिनगन्ती सुरु – कमाण्डर श्यामकुमार


एबीसी न्यूज

१०४ वर्षे जहानिया राणा शासनको अन्त्यका लागि नेपालमा नेपाली काँग्रेसले सशस्त्र क्रान्ति गर्यो । काँग्रेसको नेतृत्वमा मुक्ति योद्धाहरु सशस्त्र क्रान्तिमा सामेल भए । राजनीतिक नेतृत्व काँग्रेसका नेताहरुले गरे । युद्ध मोर्चाको नेतृत्व कैयौं कमाण्डरहरुले गरे । २००७ सालमा काँग्रेस, राणा र दरबारबीच भारतको समन्वयमा दिल्ली सम्झौता भयो ।

सशस्त्र क्रान्ति पुरा भएको घोषणा भयो । भनिन्छ, इतिहास विजेताहरुले लेख्ने गर्छन् । नेपाली काँग्रेसले आफुलाई विजेता सम्झियो । काँग्रेसका नेताहरु दिल्ली सम्झौता लगत्तै मोहन शमशेरको नेतृत्वमा मन्त्री भए । पछि प्रधानमन्त्री भए । नेपालको राजनीतिक इतिहास त्यसैगरी लेखियो । सशस्त्र क्रान्तिलाई सम्पन्न गर्न काँग्रेसका केही सीमित नेताहरुको मात्र योगदान थिएन, त्यो क्रान्ति पुरा गर्न त ती सयौं, हजारौं मुक्ति योद्धाहरुको वीरता, सौर्य र बलिदानको मूल्य सबैभन्दा उच्च थियो ।

तर, २००७ सालको क्रान्ति सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाउने मुक्ति योद्धाहरु जनमुक्ति सेनाका योद्धाहरु गुमनाम भए । केही योद्धाको नाम इतिहासको पानामा लेखिए पनि धेरै गुमनाम योद्धाहरुले आफ्नो जीवन गुमनामै बिताए । सशस्त्र क्रान्ति पुरा गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका मुक्ति योद्धाहरु मध्ये एक हुन श्यामकुमार तामाङ । ८८ वर्षीय वृद्ध तामाङ आजसम्म पनि गुमनामै अवस्थामा रहेका छन् । एबीसी टेलिभिजनले यी गुमनाम योद्धाको खोजी गरेको छ । जनमुक्ति सेनाका योद्धा तामाङको युद्धगाथाको कथाको दोस्रो श्रृंखला ।

सशस्त्र क्रान्तिको सुरुवात
श्याम कुमारले सशस्त्र क्रान्तिको सुरुवात यसरी सम्झिन्छन् – नेपालमा तीन ठुला सहर कब्जा गर्ने भनेर लक्ष्मी पुजाको दिन हिडिँयो र २००७ साल भाइटीकाको दिन ११ बजे राती जहानियाँ राणा शासनको अन्त्यको क्रम त्यही दिनबाट सुरु भयो ।

जनमुक्ति सेनाले नेपालका तीन ठूला सहर वीरगन्ज, विराटनगर र भैरहवामा एकैपटक युद्धको सुरुवात गर्यो । तर, विराटनगर र भैरहवामा हार व्यहोर्नुर्पयो ।

जनमुक्ति सेनाको पहिलो उपलब्धि वीरगन्ज जितका प्रत्यक्ष साक्षी भए श्यामकुमार । उनी थप भन्छन्, ‘सरकारी सेनासँग भएजस्ता हतियार थिएनन् हामीसँग, तर मानसिक र शारीरिक रूपमा तयार थियौं,’ सेनाका प्रमुख कमान्डर पूणसिंह ठाकुरको नेतृत्वमा भएको त्यो हमला हामीले धेरै सरकारी सेनालाई आत्मसमर्पण गर्न लगायौं ।’

अघिल्लो दिन राति ११ बजेबाट सुरु भएको लडाइँ अर्को दिन बिहान ३ बजे सरकारी सेनाले आत्मसमर्पण गरेपछि अन्त्य भयो । वीरगन्ज हमलामा श्यामकुमार आफैं एक कमान्डर थिए । त्यो जितसँगै जनमुक्ति सेनाका कप्तान थीरबम मल्ल र तेजबहादुर क्षेत्रीलाई गुमाए ।
‘हाम्रो रणनीति भनेको ति शहर कब्जा गरेर सिधै काठमाडौ आउने भन्ने थियो अव हामीले तीनओटै ठाउमा साथीहरु मारिएपछि रणनीति परिर्वतन गर्यौ । त्यो लडाइँ मेरो लागि नयाँ थियो, डर पनि लागिरहन्थ्यो । तर जितपछि हामी सबैमा एक किसिमको नयाँ ऊर्जा आएको थियो ।’
विराटनगरमा पुन आक्रमण गर्ने भन्दै रणनीति परिवर्तन पछि आफ्नो टोलीले जितेको ठाउँबाट ठुलो मात्रामा हातहतियार प्राप्त भएपछि ठोरीमा बेस क्याप खडागरी पुरन सिंहको कमाण्डमा बसेको उनी बताउँछन् । त्यहाबाट चितवन आक्रमण गर्ने भन्दै ज्ञानबहादुर सुब्बा र श्यामकुमारको नेतृत्वमा जनमुक्ति सेनाको ५० जनाको एक टुकडीे चितवनको उपरदाङढीतिर लाग्यो । जनमुक्ति सेनासँग वान–टु–वान भिडन्तको लागि हतियारको अभाव थियो ।

‘हामीसँग हतियारको कमी थियो तर, आत्मविश्वास भने सरकारी सेनाको भन्दा कयौं गुणा धेरै थियो,’ श्यामकुमार त्यो दिन सम्झन्छन, ‘उपरदाङढी जितको मुख्य कारण पनि आत्मविश्वास नै होे ।’

हतियार अभावले जनमुक्ति सेनाको टोली मध्यरातमा उपरदाङढी पुग्यो । गढी चकमन्न थियो । अन्य सेनालाई पछाडि छोडेर श्यामकुमार र ज्ञानबहादुर छिरे बडाहाकिमको निवासमा । उनी सुतिरहेका थिए । आफूले बोकेको रिबल्बर निकालेर श्यामकुमारले घच्घच्याएपछि हाकिम र उनकी श्रीमती एकैपटक ब्यँझिए ।

बडाहाकिमले एकै स्वरमा भने, ‘हतियार र रुपैयाँ–पैसा लिएर जानुस, जनमुक्ति सेना आउँदैछ भन्ने थाहा पाएर हामीले दिउँसै खसी काटेर तयार पारेका थियौं।’ श्यामकुमारको सेनाले सोचेभन्दा सजिलै उपरदाङढी कब्जा गर्यो ।

‘हजार–दुई हजार सेना लिएर लडाइँ सुरु गरेको जनमुक्ति सेनामा देशका युवाहरू उत्साहपूर्ण ढंगले सहभागी भइरहेका थिए । गढी कब्जा गरेर हातहतियार ल्याएर आयौं । हाम्रो पिछा गरेको रहेछ राष्टिय सेनाले । हामीले उनीहरुलाई त्यहाँबाट पनि भगायौं । गोपाल शमशेरको कमाण्डमा एक टोली पश्चिमतर्फ लाग्यो भने हामी विराटनगर तर्फ लाग्यौ ।’

उपरदाङगढीबाट विराटनगर जाँदैगर्दाको क्षण स्मरण गर्दै श्यामकुमार भन्छन्,हतियार सवै रेलमा हालेका थियौ ताला लागएर टीटी आउदा पनि नखोलेर लगेका थियौ हामी कहाँ जाने थाहा थिएन तर विराटनगर पुुग्नुभन्दा वरै स्टेनसमा नेपाली बोलेको सुनियो हाम्रो नै नाम बोलाई रहेको थियो । हामीले को भनेर यसो हेरेको त गिरिजाको टोलीले पो बोलाएको रहेछ । हामी त्यहीँ झ्रयौ । हतियार पनि त्यहीँ भिक्यौ । अव हामी त्यहाँ बसेर विराटनगरको रेकी गर्यौ ।’

पहिलो हमलामा हार व्यहोरेपछि त्यसको केही समयमा जनमुक्ति सेनाले पुनः विराटनगर हमलाको तयारी गर्यो । यसपटक हमलाको तयारीमा श्यामबहादुर पनि सामेल थिए । हमलाको रणनीति पूरा भएपछि दुवै सेनाबीच लडाइँ भयो । अन्ततः उनीहरूले विराटनगरमा दोस्रोपटक हमला गरे र जित हासिल गरे । तर, तत्कालिन बडाहाकिम उत्तमविक्रम राणालाई समात्न सकेनन् । उनी ठूलो कम्पाउन्ड भएको घरमा कडा सुरक्षा बलसहित बसेका थिए ।

बडाहाकिम उत्तमविक्रम राणाको खेलसम्झिँदै श्यामकुमारले भन्छन्, ‘आत्मसमर्पण गर्दै उनी सेतो झन्डा देखाउँथे । हाम्रा साथीहरू जाँदा फेरि गोली चलाउँथे’ उनको यो चालबाट हाम्रा केही साथी घाइते भए, पछि हामीले दुईवटा तोप र एउटा ट्यांक बनाएर हमला गर्यौ । त्यसपछि मात्र बडाहाकिम कब्जामा आए ।’

दोस्रो राजधानी मानिने विराटनगरलाई कब्जामा लिएपछि जनमुक्तिले काठमाडौ मात्र कब्जामा लिन बाँकी रहेको सवै जनमुक्ति सेनाले कब्जामा लिएको बताए ।

‘लडाइँ सुरु भएपछि हामीले आज कुन बार हो, कति गते हो भन्ने केही थाहा पाएनौं’ श्यामकुमार भन्छन्, ‘न खानाको ठेगान हुन्थ्यो न सुत्नको, लडाइँ नसकिँदासम्म सय दिनसम्म उनलाई रातैभरि सुतेको याद छैन ।

यस अवधिमा जनमुक्ति सेनाले सारा नेपाललाई कब्जामा लिइसकेको थियो । र, राणा शासनलाई घुँडा टेकाइसकेको थियो । त्यस पछि १९५० जनवरी ८ मा एकलौटी मोहन शमसेरले युद्धविरामको घोषणा गरे । त्यसपछि राजा त्रिभुवनले पनि ९ तारिखमा पुनः युद्धविराम घोषणा गरे । युद्धविराम भएपछि अब काँगेसले पनि १२ तारिखमा गोरखपुरमा सवैलाई जम्मा हुन निर्देश जारी गर्यो । ‘सबै जम्मा हुँदै थियां ।ै डिस्टीक म्याजिष्टे«ट आएर दिल्लीमा प्रधानमन्त्रीले बोलाउनु भएको छ तपाईंहरुका ४ जना तुरुन्तै दिल्ली जानुहोस भनेपछि विपी बाबु र सुवर्ण शम्सेरको टोली दिल्ली गए । १६ तारिखमा काँग्रेसले पनि युद्धविराम गर्यो ।

यता मोहन शमसेरले पनि छोपेका सवै मान्छेलाई रिहा गरे । ‘त्यसपछि राजा त्रिभुवनलाई नारणहिटी भित्राउन हामी तीन ओटा जहाजमा आयौं । पहिलोमा राजा द्रोसोमा नेता र तेस्रोमा हामी थियौं’, श्यामकुमार भन्छन्, ‘गौचरनमा ओर्लिएपछि राजपरिवारलाई नारायणहिटी दरबार पुरायौँ । नारणहिटी पुग्दा राष्ट्रिय सेना टलक्क टल्केर बसेका । हामी त कस्तो न कस्तो कति दिनदेखि आफ्नो शरीर कस्तो भएको छ भन्ने समेत थाहा थिएन । त्यसपछि त्रिभुवनलाई जय नेपाल भन्यौ र त्रिभृुवनले ल भोलि भेटौंला भने । त्यहाँबाट फर्केर जनमुक्ति सेनाको टोली त्रिभुवन मल्लको घर कमलपोखरीमा बस्यो । दुईतले घर, जहाँ माथिल्लो तलामा बसे बीपीसहित नेताहरू बसे र, तल्लो तलामा जनमुक्ति सेनाका कमान्डरहरू बसे । त्यो रात अबेरसम्म जनमुक्ति सेनालाई अब के गर्ने भन्ने विषयमा छलफल भयो ।’

जनमुक्ति सेनाको अन्यौल भविष्य

अंग्रेजलाई लखेट्दा भारतमा प्रयोग भएका मुक्ति सेनालाई झैं जनमुक्तिलाई पनि खारेज गर्नुपर्छ भन्ने प्रस्ताव बीपीले ल्याए । रसिया र चीनमा जस्तै स्वतन्त्रताका लागि लडेको सेनालाई नै प्रमुख बनाउनुपर्छ भन्ने प्रस्ताव कमान्डरहरूले ल्याए । नेता र कमान्डरबीच यही कुरामा विवाद भयो । र, अन्त्यमा रक्षा दल गठन गर्ने सहमति भयो ।

रक्षा दलमा पनि कप्तान भए श्यामकुमार । ‘क्रान्ति सकिएपछि पनि जनमुक्ति सेनाले धेरै उतारचढाव व्यर्होयो, राजनीतिक चपेटामा पनि प¥यो,’ क्रान्तिपछि रक्षा दलमा परिणत भएको जनमुक्ति सेनामाथिको राजनीति प्रत्यक्ष रूपमा नियाल्ने मध्येका एक थिए श्यामकुमार ।
‘२०११ सालमा राजा त्रिभुवनको निधन भएपछि नयाँ राजा महेन्द्रका अगाडि रक्षा दल, राष्ट्रिय सेना र नेपाली कांग्रेस गरी तीनवटा शक्ति थिए । क्रान्ति गरेर आएको प्रजातान्त्रिक शक्ति कांग्रेस राजालाई शक्ति सम्पन्न भएको रुचाउँदैनथ्यो,’ श्यामकुमार सम्झन्छन, ‘त्यसपछि महेन्द्रले आफ्नो शक्ति बढाउन राष्ट्रिय सेनालाई पुनर्जीवन दिने कार्यमा लागे भने अर्कोतर्फ कांग्रेसलाई कमजोर पार्न रक्षा दललाई पनि कमजोर पार्ने काममा लागे ।’

डीएसपी श्यामकुमार

फलस्वरूपः महेन्द्रले रक्षा दललाई प्रहरी बनाए । प्रहरीको पहिलो आईजीपी भए जनमुक्ति सेनाकै कमान्डर जीबी याक्थुम्बा । श्यामकुमार भए डीएसपी । उनी डीएसपी भएर विराटनगर पुगे । डीएसपी भएपछिको पहिलो अनुभव यसरी सुनाए, ‘गाउँमा एउटा घटना भयो त्यति बेला म र अदालतबाट मान्छे जानुपर्ने गाउँमै तत्कालिन एक न्यायाधीसले एक जना आफ्नो चौकिदार जस्तो मान्छे पठाए । म पनि गएँ । त्यहाँ जादा बाटोमै गेट बनाए खसी काटेर खुवाए ।

बाटो सवै सफा गरेका थिए । काम सकेर फर्कदा पैसा समेत दिए । तर मैले लिन मानिन । त्यो न्यायाधीसको मान्छेले तपार्इं भर्खरको मान्छे कृुरा बुझनु हुदैन भनेपछि मैले खाना खाएको पैसा पनि दिएँ गोरु गाढामा कार्यालयसम्य पुर्याइदिए त्यहाँका मान्छेले । तर अर्को दिन त्यसै गाउँमा जानुपर्ने भो । म गएँ खाना पनि दिएनन् । गेट पनि बनाएनन् । पैसा दिएर आलु समेत किन्न पाइएन । मान्छेपनि जम्मा भएनन् । त्यो किन रै छ भन्दा तिनीहरुले घुस नलिए पछि त्यस्तो गरेका पछि थाहा भो ।

झुठो आश्वासन

जनमुक्ति सेनाले देशभर कब्जा गरेपछि तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले घुँडा टेकेर एकतर्फी युद्धविरामको घोषणा गरे । भारतमा निर्वासित जीवन बिताइरहेका राजा त्रिभुवन, नेताहरूसँगै जनमुक्ति सेनाका कमान्डर काठमाडौं ओर्लिए । र, नयाँ नेपालको नक्सा कोरे । ‘तपाईंहरूको नाम इतिहासका सुनौला अक्षरमा लेखिनेछ,’ काठमाडौं ओर्लिएपछि राजा त्रिभुवनको यो भनाइ अहिले पनि श्यामकुमार सम्झिरहन्छन् । राजाको उक्त भनाइ सम्झिने बित्तिकै उनलाई आफ्ना ३० जना सहयोद्धाको यादले साह्रै पिरोल्छ, जसले राणा विरुद्धको क्रान्तिमा सहादत प्राप्त गरेका थिए ।

‘क्रान्ति सफल भएको ७० वर्ष पुग्न लागिसक्यो । तर, अहिलेसम्म सरकारले ती ३० जना साथीलाई सहिद घोषणा गरेन,’ उनको गुनासो छ, ‘सवारी दुर्घटनामा परेकाहरू पनि शहीद भए । तर नेपाललाई राणाहरूका पञ्जाबाट खोस्दाखोस्दै मर्नेहरू शहीद भएनन् । ’ राज्यले उचित सम्मान गर्न सकेन जनमुक्ति सेनाका कमाण्डर तामाङले भने ।

एबीसी टेलिभिजनको आत्मवृतान्त टोलीसँग १८ वर्षको उमेर पढाई छाडेर देशलाई राणाशानबाट मुक्त बनाउनुपर्छ भन्दै युद्धमा होमिएका योद्धा श्यामकुमार तामाङले पटकपटक भन्दै थिए आन्दोलनमा सरिक भएका र जीवित मुक्ति सेनालाई वर्तमान सरकारले यथाशक्य चाँडो राष्ट्रिय सम्मान गर्नुपर्छ । देशमा परिर्वतन गर्न यति ठुलो भूमिका निर्वाह गर्ने जनमुक्ति सेनालाई यसरी पार्टी र राज्यले उपेक्षा गरेकोमा श्यामकुमारको ठूलो गुनासो छ ।

उनी भन्छन्, ‘नेपाली कांग्रेसले धेरैपटक सरकारको नेतृत्व गर्दै आयो, चार पाँच पटक गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । तर उनले पनि हाम्रा जायज मागहरु पूरा गरेनन् । कांग्रेसले हामीलाई खोलो त¥यो, लौरो बिर्सिएजस्तै गर्यो । ७० वर्षसम्मपनि राज्यबाट हाम्रा मागहरुका बारेमा कुनै सुनुवाई गरेन ।’

उपरोक्त कमान्डरहरुको नेतृत्वमा सशस्त्र संघर्ष भयो । राणा शासनको अन्त्य भयो । वहुदलीय प्रजातन्त्रसहित राजतन्त्रलाई स्थापना गरियो । राजनैतिक दल कांग्रेसलाई सत्तामा पु¥याईयो । मोहन शमशेरको नेतृत्वमा पुनः खास जाति र वर्गका मान्छेहरु शासक बने । तर क्रान्ति सम्पन्न गर्ने जनमुक्ति सेनाका नेता तथा कार्यकर्ताहरुलाई भने राज्य सत्ताबाट सधैं विभेद गरियो ।

आज २००७ सालको परिवर्तनले स्थापना गरेको वहुदलीय प्रजातन्त्रको चेतना, संघर्ष र उपलब्धिको जगमा विभिन्न संघर्षहरुका चरण पार गर्दै ६८ वर्षको यात्रामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म भएको छ । तर ६८ वर्ष अघिको प्रजातन्त्र स्थापना भएको पहिलो सरकारको प्रतिनिधि नेपाली कांग्रेस र जनमुक्ती सेना बीचको उपरोक्त सहमति÷निर्णय कार्यन्वयन हुन सकेन । यस बीचमा नेपाली कांग्रेसको नेतृत्व र समर्थनमा सबैभन्दा बढी राज्यको नेतृत्व गर्दै सरकार बन्यो । तर २००७ फागुन ४ गतेको प्रजातन्त्रका रक्षार्थ बनेको जनमुक्ति सेना रक्षा दल हुँदै २०१२ सालमा नेपाल प्रहरीमा रुपान्तरण गर्न वाहेकका अन्य निर्णय सहमतिलाई वेवास्ता गरियो गर्दै आयो ।

००७ को क्रान्तिपछि अन्तरिम सरकारमा गृहमन्त्री वीपी कोइराला भए । मातृका कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेका तामाङले ती नेताहरूले तत्कालीन जनमुक्ति सेनाको योगदानलाई संरक्षण गर्न नसकेकोमा गुनासो पोखेका छन् । १०४ वर्षे जहाँनिया निरंकुश राणा शासन पल्टाउन सशस्त्र क्रान्ति गरेका जनमुक्ति सेनालाई अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको वीजेपी पार्टीको राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) सँग तुलना गरेकोमा तामाङले दुखेसो पोखेका छन् । एकपटक कांग्रेस नेता शेरबहादुर देउवाकहाँ भेट्न पुग्दा उनले तामाङलाई भनेका रहेछन् , ‘तपाई आरएसएसको मान्छे हो ?’

नेपाली कांग्रेस र जनमुक्ति सेनाबीच २००७ फागुन ४ गते कमलपोखरीस्थित सरकार पक्षीय प्रतिनिधिसँग थिरबम मल्लको घरमा भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएकोमा जनमुक्ति सेना कल्याण संघ २००७ नेपालले गम्भिर असन्तुष्टिसमेत प्रकट गरेको छ ।
समाप्त

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com