काठमाडौं, १२ पुस । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम विहीबारबाट औपचारिक रुपमा शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ११ बजे धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
भूकम्पले भत्किएको धरहरालाई ‘भुइँचालो स्मारक’ बनाइने भएको छ । निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले धरहरा निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम शुरु गरिसकेको छ । पुरानो धरहरा र नयाँ बन्ने धरहरा क्षेत्रलाई तारबार गरी निर्माण सामग्री भण्डारण गरिएको छ ।
नयाँ धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा निर्माण गरिनेछ । गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुनेछ ।
फोटो









प्रतिक्रिया दिनुहोस्