ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीको अभियोगमा ९ जना पक्राउ


एबीसी न्यूज
पुस १०, २०७५ मंगलबार  ६ : ०६ बजे

काठमाडौं, १० पुस ।  गोंगवुस्थित गोंगवु वैकुण्ठ गेष्ट हाउस समेतबाट सुनका गरगहना चोरी गर्ने कार्यमा संलग्न ९ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा २१ वर्षीय चाईनिज भनिने सुमन मगर समेत ८ जना र चोरीको गरगहना किन्ने तथा स्वरुप परिवर्तन गरी विक्री गर्ने काठमाडौं महानगरपालिका-१६ स्थित भुपु सैनिक सुनचाँदी पसलकी संचालिका सबिता सुनार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले मगरलाई चोरीका गहना सहित फेला पारी सोधपुछ गर्दा उक्त गेष्ट हाउसको ३०१ नम्बरको कोठाबाट उनका साथी ४ पुरुष र ३ महिलालाई समेत पक्राउ गरेको हो ।

सोधपुछको क्रममा उनीहरूले चोरी गरेका गरगहना सुनारको पसलमा बेच्ने गरेको र सुनारले काठमाडौं महानगरपालिका-२२ पाको न्युरोडस्थित फोर नाइन फाइन गोल्डेन ओर्नामेन्ट एन्ड ज्वेलरीमा काम गर्ने न्यूरोड बस्ने भारत कलकत्ताका ५२ वर्षीय गौतम मन्नालाई विक्री गरेको खुल्न आएपछि प्रहरीले मन्नाको कोठाबाट ६६.२० ग्राम सुन बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका डिएसपी फडिन्द्र प्रसाईले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com